CG Electronics
IME Life
NIMB

तत्काल सडक खुलाउन र पुनर्निर्माण गर्न सरकार तत्पर छ : कुलमान घिसिङ

NIMB
Himalayan Bank

काठमाडौं । ऊर्जा, भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बर्षाका कारण बन्द रहेका सडक खुलाउने तयारी गरेको बताएका छन् ।

दुई दिनको वर्षापछि भएको घटनाको बारेमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अब सडकहरू खोलिने बताएका हुन् ।

त्यस क्रममा उनले सबैको सतर्कताले मानवीय क्षति कम भएको पनि बताए । वर्षातका कारण आएको बाढीका कारण ठूलो मानवीय क्षति नभएको स्पष्ट पारे ।

वर्षापछि आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको बताउँदै त्यसलाई सरकारले प्राथमिकताका साथ पुनर्निर्माण गर्ने जानकारी दिए ।

सावधानी अपनाउन आग्रह
यता, असोज १७, १८ र १९ गते देशभर भएको अविरल वर्षा र त्यसपछिका पहिरो तथा बाढीका घटनाका कारण देशका विभिन्न स्थानका सडकहरू अवरुद्ध भएकाले यसले यातायात सेवा प्रभावित पारिरहेको जनाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार वर्षा र पहिरोका कारण देशका प्रमुख तथा सहायक सडकहरू बन्द हुँदा जनजीवन प्रभावित भएको छ ।
मन्त्रालयले घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, जोखिमयुक्त स्थानमा यात्रा नगर्न तथा आवश्यक सतर्कता अपनाउन आम नागरिकलाई अनुरोध गरिएको छ ।

सडक विभागले प्रमुख अवरुद्ध सडकहरू खोल्नका लागि आवश्यक जनशक्ति, उपकरण र स्रोत परिचालन गरेको जनाएको छ । केही प्रमुख राजमार्गहरू खुलाउने कार्य तीव्र गतिमा भइरहेको मन्त्रालयले जनाएको छ ।

विशेषगरी, नारायणघाट–मुग्लिन सडक खण्डमा सवारी साधनको एकतर्फी सञ्चालन सुरु गरिएको छ भने अन्य सडकहरूमा पनि अवरुद्ध स्थान हटाइरहेको छ । यस्तै, पोखरा–मुग्लिन तथा भुलभुले–बेसीशहर सडकखण्ड पनि सुचारु गर्न आवश्यक कार्य भइरहेको छ ।

सडक विभाग स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी लगायत स्थानीय निकायसँग समन्वय गरी सडक सुचारु गर्ने कार्यमा खटिएको छ।

नवीनतम जानकारीका लागि सडक विभागको आधिकारिक वेबसाइट वा तल दिइएको नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...