Media and Marketing Smart Ideas Pvt. Ltd. Affiliate of Hamro Patro, Inc.
NIMB
TATA Banner

एमजी विन्डसर ‘इन्स्पायर’ भारतमा लन्च, १६.६५ लाख भारु मूल्य निर्धारण

 

काठमाडौं । एमजी मोटर इन्डियाले विन्डसर ईभीको नयाँ संस्करण ‘इन्स्पायर’ लन्च गरेको छ । ३०० युनिटमात्र उत्पादन हुने सो संस्करणको मूल्य १६ लाख ६५ हजार भारु निर्धारण गरिएको छ ।

विन्डसर इन्स्पायरमा एमजीले पर्ल ह्वाइट र स्टारी ब्ल्याक थिममा डुअल–टोन एक्सटेरियर दिएको छ । यसमा कालो ओआरभीएम, रोज गोल्ड क्ल्याडिङ, ’इन्स्पायर’ ब्याज र कालो १८ इन्चको एलोय ह्वील राखिएका छन् ।

इन्टेरियरको कुरा गर्नुपर्दा कारको हेडरेस्टमा ’इन्स्पायर’ चिन्ह, गोल्ड हाइलाइट र कालो–आउट सेन्टर कन्सोल आर्मरेस्टको साथ रातो र कालो लेदरको अपहोल्स्ट्री दिइएको छ ।

इन्स्पायर संस्करणमा विशेष रूपमा डिजाइन गरिएको एक्सेसरी प्याक समेत पाउन सकिनेछ । जसमा अगाडिको ग्रिल, बडी साइड मोल्डिङ र बम्पर कर्नर प्रोटेक्टर समावेश छन् । साथै, कारमा थ्रीडी म्याट, इन्स्पायर कुशन, पछाडिको झ्यालमा सनशेड र लेदर कि कभर लगायत विशेषता दिइएको छ ।

ड्राइभ मेट प्रो+ किट समेत पाइने यस कारमा स्काइलाइट इन्फिनिटी भ्यू ग्लास रूफ र वायरलेस इल्युमिनेटेड सिल प्लेट समेत पाउन सकिन्छ । इन्स्पायर संस्करण ९ लाख ९९ हजार भारुमा ब्याट्री–एज–ए–सर्भिस विकल्पमा समेत उपलब्ध हुने जनाइएको छ ।

 

आजबाट सुरु भयो एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला पहिलो दिन ग्राहकको उत्साहकजनक सहभागिता

आजबाट सुरु भयो एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला...

वि.सं.२०८२ असोज २४ शुक्रवार २०:४२

  काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आजबाट...

निसानको नयाँ एसयूभीको नाम हुनेछ ‘टेक्टोन’

निसानको नयाँ एसयूभीको नाम हुनेछ ‘टेक्टोन’

वि.सं.२०८२ असोज २३ बिहीवार २२:२४

  काठमाडौं । निसानले आगामी दिनमा बजारमा ल्याउने सी–सेगमेन्ट एसयूभीको...

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल अक्टोबर १५ मा लन्च हुने

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल अक्टोबर १५ मा...

वि.सं.२०८२ असोज २३ बिहीवार २२:२०

काठमाडौं । टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल आगामी अक्टोबर १५ मा...

चाइनिज कार क्रेज : बेलायतमा बिक्री भएका टप १० कारमध्ये ३ चाइनिज ब्रान्ड

चाइनिज कार क्रेज : बेलायतमा बिक्री भएका...

वि.सं.२०८२ असोज २३ बिहीवार २२:१५

काठमाडौं । चाइनिज कारको क्रेज विश्वभर बढिरहेको छ । यसै...

चीनको नयाँ सोलिड स्टेट ब्याट्री प्रविधि, इलेक्ट्रिक गाडी उद्योगमा नयाँ युग सुरु हुने संकेत

चीनको नयाँ सोलिड स्टेट ब्याट्री प्रविधि, इलेक्ट्रिक...

वि.सं.२०८२ असोज २३ बिहीवार २२:१०

काठमाडौं ।चिनियाँ विज्ञान प्रतिष्ठानले सोलिड स्टेट लिथियम ब्याट्रीमा नयाँ आविष्कार...

टीभीएसले ल्याउँदैछ २०२५ रेडर १२५, ड्युअल डिस्क र सुपर मोटो एबीएससहित

टीभीएसले ल्याउँदैछ २०२५ रेडर १२५, ड्युअल डिस्क...

वि.सं.२०८२ असोज २३ बिहीवार २२:००

  काठमाडौं ।टीभीएस मोटरले आफ्नो नयाँ संस्करण २०२५ टीभीएस रेडर...