Media and Marketing Smart Ideas Pvt. Ltd. Affiliate of Hamro Patro, Inc.
NIMB
TATA Banner

लीपमोटर बी१०को डेलिभरी नेपालभर सुरु, इलेक्ट्रिक एसयूभी बजारमा नयाँ उत्साह

 

काठमाडौं ।लिपमोटरको वहुप्रतिक्षित बिद्युतीय एसयुभी बी१० अन्ततः ग्राहकले पाउन थालेका छन् । लीपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले सो नयाँ एसयुभीको डेलिभरी देशभरका शोरुममार्फत सुरु गरेको हो ।

एसयुभीको वितरण सुरु गरेको घोषणा गर्दै कम्पनीले नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा नयाँ युगको सुरुवात भएको जानकारी गराएको छ । चीनबाट बी१० को पहिलो ढुवानी आइपुगेसँगै नेपालभरका ग्राहकहरूल दिगो र स्मार्ट ड्राइभिङको अनुभव लिन सक्ने बताइएको छ ।

नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा औपचारिक लन्च गरिएको र लगत्तै बुकिङ खुला गरिएको बी१० मा ग्राहकले उत्साहजनक रुची देखाएका थिए । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र उत्कृष्ट पर्फमेन्सका कारण ईभी पारखीको रोजाइमा पर्न सफल बी१० प्रतिस्पर्धी मूल्यका कारण झनै लोकप्रिय बनिरहेको छ ।

लीपमोटर बी१० मा १६० किलोवाट क्षमताकोे शक्तिशाली रियर व्हील ड्राइभ मोटर र ६७.१ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसले एकपटकको फुल चार्जमा ६०० किलोमिटर(सिएलटीसी) रेन्ज दिने दाबी गरिएको छ । आराम र व्यावहारिकता दुवैको लागि निर्मित यस एसयुभीमा १८० एमएम ग्राउन्ड क्लिरियन्स दिइएको छ ।

एसयुभीमा १४.६ इन्चको २.५ के एचडी टचस्क्रिन, रेकर्डिङ सहितको ३६० डिग्री क्यामेरा, हिटिङ र भेन्टिलेसन फंक्सन सहितको प्रिमियम लेदरेट सिटहरू र सेग्मेन्टकै सबैभन्दा ठूलो प्यानारोमिक सनरुफ सहितको सनशेड जस्ता सुविधाहरु रहेका छन् ।

 

आजबाट सुरु भयो एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला पहिलो दिन ग्राहकको उत्साहकजनक सहभागिता

आजबाट सुरु भयो एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला...

वि.सं.२०८२ असोज २४ शुक्रवार २०:४२

  काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आजबाट...

निसानको नयाँ एसयूभीको नाम हुनेछ ‘टेक्टोन’

निसानको नयाँ एसयूभीको नाम हुनेछ ‘टेक्टोन’

वि.सं.२०८२ असोज २३ बिहीवार २२:२४

  काठमाडौं । निसानले आगामी दिनमा बजारमा ल्याउने सी–सेगमेन्ट एसयूभीको...

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल अक्टोबर १५ मा लन्च हुने

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल अक्टोबर १५ मा...

वि.सं.२०८२ असोज २३ बिहीवार २२:२०

काठमाडौं । टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल आगामी अक्टोबर १५ मा...

चाइनिज कार क्रेज : बेलायतमा बिक्री भएका टप १० कारमध्ये ३ चाइनिज ब्रान्ड

चाइनिज कार क्रेज : बेलायतमा बिक्री भएका...

वि.सं.२०८२ असोज २३ बिहीवार २२:१५

काठमाडौं । चाइनिज कारको क्रेज विश्वभर बढिरहेको छ । यसै...

चीनको नयाँ सोलिड स्टेट ब्याट्री प्रविधि, इलेक्ट्रिक गाडी उद्योगमा नयाँ युग सुरु हुने संकेत

चीनको नयाँ सोलिड स्टेट ब्याट्री प्रविधि, इलेक्ट्रिक...

वि.सं.२०८२ असोज २३ बिहीवार २२:१०

काठमाडौं ।चिनियाँ विज्ञान प्रतिष्ठानले सोलिड स्टेट लिथियम ब्याट्रीमा नयाँ आविष्कार...

टीभीएसले ल्याउँदैछ २०२५ रेडर १२५, ड्युअल डिस्क र सुपर मोटो एबीएससहित

टीभीएसले ल्याउँदैछ २०२५ रेडर १२५, ड्युअल डिस्क...

वि.सं.२०८२ असोज २३ बिहीवार २२:००

  काठमाडौं ।टीभीएस मोटरले आफ्नो नयाँ संस्करण २०२५ टीभीएस रेडर...