Media and Marketing Smart Ideas Pvt. Ltd. Affiliate of Hamro Patro, Inc.
NIMB
TATA Banner

नयाँ डिजाइन, स्मार्ट फिचर र बढी आरामसहित महिन्द्रा थार २०२५ सार्वजनिक

 

काठमाडौं ।महिन्द्राले आफ्नो लोकप्रिय अफ–रोडर थार २०२५ लाई भारतीय बजारमा लन्च गरेको छ। कम्पनीले यसपटक ३ डोर भर्सनमा आधुनिक फिचरको साथ सो नयाँ फेसलिफ्ट प्रस्तुत गरेको हो । अफरोड प्रेमीका लागि सो नयाँ संस्करण अझ आकर्षक र सुरक्षित बनेको छ ।

नयाँ थारमा पहिलोपटक बडी कलर्ड रेडिएटर ग्रिल दिइएको छ, जसले गाडीको लुकलाई अझ प्रिमियम बनाएको छ । यो ग्रिल अब सिधै बडी शेलसँग मिल्ने रङमा फिनिस गरिएको छ, जसले यसलाई पुरानो संस्करणको तुलनामा ताजा र आधुनिक रूप प्रदान गर्छ।

सेफ्टीका दृष्टिले पनि महिन्द्राले नयाँ सुधार ल्याएको छ । अब थार २०२५ पछाडिको पार्किङ क्यामेरासहित आउनेछ, जसले पार्किङलाई सहज र सुरक्षित बनाउँछ। यद्यपि, यसपटक पनि कम्पनीले एलईडी हेडल्याम्प समावेश गरेको छैन। साथै स्पष्ट दृश्यता कायम गर्नका लागि पछाडिको विन्डस्क्रिनमा धुने र वाइपर सुविधा थप गरिएको छ।

यात्रामा आराम र सजिलो बनाउन पिलरमा नयाँ ग्र्याब ह्यान्डलहरू जडान गरिएको छ, जसले सवारीमा चढ्ने र ओर्लिन सजिलो बनाउँछ, विशेष गरी पछाडिको सिट प्रयोग गर्ने यात्रुका लागि । नयाँ थार २०२५ मा अर्को सानो तर महत्वपूर्ण परिवर्तन भनेको पावर विन्डो कन्ट्रोलको स्थान परिवर्तन हो । पहिले सेन्टर कन्सोलमा रहेका यी स्विच अब डाेर प्यानलमा स्थानान्तरण गरिएको छ ।

 

आजबाट सुरु भयो एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला पहिलो दिन ग्राहकको उत्साहकजनक सहभागिता

आजबाट सुरु भयो एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला...

वि.सं.२०८२ असोज २४ शुक्रवार २०:४२

  काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आजबाट...

निसानको नयाँ एसयूभीको नाम हुनेछ ‘टेक्टोन’

निसानको नयाँ एसयूभीको नाम हुनेछ ‘टेक्टोन’

वि.सं.२०८२ असोज २३ बिहीवार २२:२४

  काठमाडौं । निसानले आगामी दिनमा बजारमा ल्याउने सी–सेगमेन्ट एसयूभीको...

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल अक्टोबर १५ मा लन्च हुने

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल अक्टोबर १५ मा...

वि.सं.२०८२ असोज २३ बिहीवार २२:२०

काठमाडौं । टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल आगामी अक्टोबर १५ मा...

चाइनिज कार क्रेज : बेलायतमा बिक्री भएका टप १० कारमध्ये ३ चाइनिज ब्रान्ड

चाइनिज कार क्रेज : बेलायतमा बिक्री भएका...

वि.सं.२०८२ असोज २३ बिहीवार २२:१५

काठमाडौं । चाइनिज कारको क्रेज विश्वभर बढिरहेको छ । यसै...

चीनको नयाँ सोलिड स्टेट ब्याट्री प्रविधि, इलेक्ट्रिक गाडी उद्योगमा नयाँ युग सुरु हुने संकेत

चीनको नयाँ सोलिड स्टेट ब्याट्री प्रविधि, इलेक्ट्रिक...

वि.सं.२०८२ असोज २३ बिहीवार २२:१०

काठमाडौं ।चिनियाँ विज्ञान प्रतिष्ठानले सोलिड स्टेट लिथियम ब्याट्रीमा नयाँ आविष्कार...

टीभीएसले ल्याउँदैछ २०२५ रेडर १२५, ड्युअल डिस्क र सुपर मोटो एबीएससहित

टीभीएसले ल्याउँदैछ २०२५ रेडर १२५, ड्युअल डिस्क...

वि.सं.२०८२ असोज २३ बिहीवार २२:००

  काठमाडौं ।टीभीएस मोटरले आफ्नो नयाँ संस्करण २०२५ टीभीएस रेडर...