Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल

 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पत्रकारहरुलाई राज्यबाट हेपिएको महसुस हुने अवस्था आएको टिप्पणी गरेका छन् ।

नेपाल पत्रकार महासंघको अनुगमनमा पुगेका मन्त्री खरेलले मुलुकलाई वर्तमान समस्याबाट निकालेर सही दिशामा लैजान सबै क्षेत्रको भूमिका आवश्यक रहेको बताए ।

‘मुलुकलाई ट्रयाकभन्दा बाहिर जान दिनुहुँदैन, जसरी भए पनि ट्रयाकमा ल्याउनुपर्छ,’ मन्त्री खरेलले भने, ‘पत्रकारहरुलाई चौथो अंग भनिन्छ, तर व्यवहारमा त्यो सम्मान छैन । कहिलेकाहीँ राज्यबाट हेपिएको जस्तो महसुस हुने अवस्था आएको छ ।’

उनले पत्रकारहरुको सामाजिक सुरक्षाको विषयमा सरकार गम्भीर भएको उल्लेख गरे । ‘औपचारिक सञ्चार माध्यमहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘मेरो कार्यकाल पाँच महिनाको मात्र छ, तर यही अवधिमा मैले महसुस गरेको छु—सञ्चार क्षेत्रलाई कोषमा ल्याउन आवश्यक छ ।’

मन्त्री खरेलले औपचारिक क्षेत्रका सञ्चार माध्यमहरु सामाजिक सुरक्षा कोषमा जानैपर्छ भन्ने आफ्नो स्पष्ट धारणा रहेको बताए ।

साथै उनले सूचना विभाग, प्रेस काउन्सिल लगायतको अनुगमन गरेका छन् ।

 

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...