CG Electronics
IME Life
NIMB

पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल

NIMB
Himalayan Bank

 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पत्रकारहरुलाई राज्यबाट हेपिएको महसुस हुने अवस्था आएको टिप्पणी गरेका छन् ।

नेपाल पत्रकार महासंघको अनुगमनमा पुगेका मन्त्री खरेलले मुलुकलाई वर्तमान समस्याबाट निकालेर सही दिशामा लैजान सबै क्षेत्रको भूमिका आवश्यक रहेको बताए ।

‘मुलुकलाई ट्रयाकभन्दा बाहिर जान दिनुहुँदैन, जसरी भए पनि ट्रयाकमा ल्याउनुपर्छ,’ मन्त्री खरेलले भने, ‘पत्रकारहरुलाई चौथो अंग भनिन्छ, तर व्यवहारमा त्यो सम्मान छैन । कहिलेकाहीँ राज्यबाट हेपिएको जस्तो महसुस हुने अवस्था आएको छ ।’

उनले पत्रकारहरुको सामाजिक सुरक्षाको विषयमा सरकार गम्भीर भएको उल्लेख गरे । ‘औपचारिक सञ्चार माध्यमहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘मेरो कार्यकाल पाँच महिनाको मात्र छ, तर यही अवधिमा मैले महसुस गरेको छु—सञ्चार क्षेत्रलाई कोषमा ल्याउन आवश्यक छ ।’

मन्त्री खरेलले औपचारिक क्षेत्रका सञ्चार माध्यमहरु सामाजिक सुरक्षा कोषमा जानैपर्छ भन्ने आफ्नो स्पष्ट धारणा रहेको बताए ।

साथै उनले सूचना विभाग, प्रेस काउन्सिल लगायतको अनुगमन गरेका छन् ।

 

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...