CG Electronics
IME Life
NIMB

टोयोटाले जापान मोबिलिटी शो २०२५ मा नयाँ ल्यान्ड क्रुजर एफजे सार्वजनिक गर्‍यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । जापान मोबिलिटी शो २०२५ मा टोयोटाले आफ्नो चर्चित अफरोड एसयूभी ल्यान्ड क्रुजर एफजे पहिलोपटक सार्वजनिक गरेको छ। नयाँ एफजे, ल्यान्ड क्रुजर सिरिजको बलियो र अफरोड डीएनएको किफायती, सानो र आधुनिक प्याकेजको रूपमा प्रस्तुत गरिएको हो। कम्पनीका अनुसार यो मोडल २०२६ को मध्यतिर जापानमा पहिलोपटक बजारमा आउनेछ।

आकारका हिसाबले ल्यान्ड क्रुजर एफजेको लम्बाइ ४,५७५ एमएम, चौडाइ १,८५५ एमएम, उचाइ १,९६० एमएम र ह्विलबेस २,५८० एमएम रहेको छ।

डिजाइनमा यो मोडलले पुरानो एफजे४० को रेट्रो स्टाइल र आधुनिक एसयूभी लुकलाई संयोजन गरेको छ। यसमा दुई फरक फ्रन्ट डिजाइन उपलब्ध छन् — एउटामा गोलाकार हेडलाइट, जसले क्लासिक एफजे४० लाई स्मरण गराउँछ भने अर्कोमा सी–आकारको एलईडी हेडलाइट दिइएको छ।

इन्टेरियरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ठुलो इन्फोटेनमेन्ट स्क्रिन, बलियो स्टेयरिङ ह्विल र फिजिकल क्लाइमेट कन्ट्रोल समावेश गरिएको छ। सुरक्षाका हिसाबले यसमा एडेप्टिभ क्रुज कन्ट्रोल, लेन–किप असिस्ट, र प्रि–कोलिजन ब्रेकिङ सिस्टम जस्ता आधुनिक फिचरहरू उपलब्ध छन्।

नयाँ एफजेमा २.७ लिटर २टीआर–एफई पेट्रोल इन्जिन जडान गरिएको छ, जसले १६१ एचपी पावर र २४६ एनएम टर्क उत्पादन गर्छ। सो इन्जिन ६–स्पिड अटोमेटिक गियरबक्स र पार्ट–टाइम फोर–ह्विल ड्राइभ सिस्टमसँग जोडिनेछ। यो मोडल टोयोटाको आईएमभी प्लेटफर्ममा आधारित हुनेछ। कम्पनीले भविष्यमा यसको डिजेल र हाइब्रिड भेरिएन्ट पनि ल्याउने योजना बनाएको छ।

ल्यान्ड क्रुजर एफजे बजारमा आएपछि यसले महिन्द्रा थार र अन्य अफरोड एसयूभीहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

किया नेपालद्वारा ‘किया केथ्री सेल्टोस’ नेपाली बजारमा सार्वजनिक

किया नेपालद्वारा ‘किया केथ्री सेल्टोस’ नेपाली बजारमा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २०:४३

काठमाडौं । नेपालका लागि किया गाडीको एकमात्र आधिकारिक वितरक कन्टिनेन्टल...

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित: नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ कोसेढुङ्गा 

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ०९:३१

  काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी...

सरकारको कर संरचना परिवर्तनपछि सुजुकी ई–भिटाराको मूल्य घट्यो, सबै भेरियन्टमा एक लाख रुपैयाँसम्म छुट

सरकारको कर संरचना परिवर्तनपछि सुजुकी ई–भिटाराको मूल्य...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:२१

  काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक CG Motocorp...

आईसिएयुआर भी२३ पूर्व-बजेट मूल्यमै उपलब्ध गराउने एसपीजी अटोमोबाइल्सको घोषणा

आईसिएयुआर भी२३ पूर्व-बजेट मूल्यमै उपलब्ध गराउने एसपीजी...

वि.सं.२०८३ जेठ २६ मंगलवार १४:०६

  नेपालका लागि iCAUR गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले...

जिली EX5 को नयाँ मूल्य घोषणा: बजेटको नयाँ कर व्यवस्थाका कारण मूल्य समायोजन

जिली EX5 को नयाँ मूल्य घोषणा: बजेटको...

वि.सं.२०८३ जेठ २५ सोमवार २३:१४

  काठमाडौँ । नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि...

विश्वकपको उत्सवमा हुन्डाई नेपालको ‘वर्ल्ड कप टु वर्ल्ड कप’ अफर सार्वजनिक, ग्राहकलाई बहुआयामिक लाभ

विश्वकपको उत्सवमा हुन्डाई नेपालको ‘वर्ल्ड कप टु...

वि.सं.२०८३ जेठ २५ सोमवार १६:१८

  काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी...