ntc.net.np
Ncell NPL
NIMB

नेपहपको श्रीपेच सिजन–३ को औपचारिक घोषणा

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । ग्राउन्डब्रेकिङ र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सिजन ३ आउने भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी शोको तेस्रो संस्करणको औपचारिक घोषणा गरिएको हो । शोको औपचारिक घोषणासँगै डिजिटल अडिसन खुला समेत गरिएको जानकारी गराइएको छ ।

देशभरका इच्छुकले सिजनको हिस्सा बन्नको लागि आफ्नो प्रस्तुति अनलाइनमार्फत पेश गर्न सक्नेछन् । डिजिटल माध्यमबाट अडिसन लिइने यो प्रतिस्पर्धाको लागि दामी म्युजिक एपमार्फत नेपाली¥याप डटकमबाट आवेदन दिन सकिने भएको छ । साथै सहभागीले आफ्नो प्रस्तुतिको भिडिओ अपलोड गर्न सक्नेछन् ।
नेपहपको श्रीपेच सिजन ३ को विजेताले नेपाली र्यापको सर्वोच्च उपाधिको प्रतिक प्रतिष्ठित श्रीपेच क्राउनसँगै नगद पुरस्कार १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले आफ्नो उत्कृष्ट प्रदर्शनको कदर स्वरूप ५ लाख रुपैयाँ पाउनेछन् ।

यो सिजनमा दुई महान् हिप–हप हस्ती गिरीश खतिवडा र मानष घले निर्णायकको रूपमा प्रस्तुत हुनुहुनेछ । तेस्रो निर्णायक र प्रसारण साझेदारको बारेमा भने खुलासा भएको छैन् ।
नेपहपको श्रीपेच नेपालको प्रमुख र्याप रियालिटी शो हो । जसले नेपाली हिप हपको संस्कृति, रचनात्मकता र समुदायको सम्मान गर्दछ । आफ्नो सुरुवातदेखि नै यस शोले राष्ट्रका केही सबैभन्दा प्रतिभाशाली पत्ता लगाएको छ र प्रवद्र्धन गरेको छ, जसले हिप–हपलाई नेपालको मनोरञ्जन उद्योगको केन्द्रमा पु¥याएको छ ।

इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने...

वि.सं.२०८२ चैत २७ शुक्रवार २१:१०

  एजेन्सी । हालै घोषणा गरिएको दुई हप्ताको युद्धविरामपछि मध्यपूर्वमा...

मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण...

वि.सं.२०८२ चैत २७ शुक्रवार २०:५२

काठमाडौं । ललितपुर महानगरपालिका–१२ मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि बुधबार एक...

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव...

वि.सं.२०८२ चैत २७ शुक्रवार २०:३७

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव...

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन,...

वि.सं.२०८२ चैत २७ शुक्रवार १९:३९

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा...

साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको जिम्मेवारी

साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको...

वि.सं.२०८२ चैत २६ बिहीवार २२:५०

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको काँधमा श्रम, रोजगार तथा सामाजिक...

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई आगामी बजेट तर्जुमाको सहमति, ३ अर्ब ६० करोडको परियोजना प्रस्ताव पेश गर्ने निर्णय

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई आगामी बजेट तर्जुमाको...

वि.सं.२०८२ चैत २६ बिहीवार २२:४५

  काठमाडौं । वैकल्पिक ऊर्जा विकास समितिको १११औँ बोर्ड बैठक...