Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नेपहपको श्रीपेच सिजन–३ को औपचारिक घोषणा

 

काठमाडौं । ग्राउन्डब्रेकिङ र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सिजन ३ आउने भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी शोको तेस्रो संस्करणको औपचारिक घोषणा गरिएको हो । शोको औपचारिक घोषणासँगै डिजिटल अडिसन खुला समेत गरिएको जानकारी गराइएको छ ।

देशभरका इच्छुकले सिजनको हिस्सा बन्नको लागि आफ्नो प्रस्तुति अनलाइनमार्फत पेश गर्न सक्नेछन् । डिजिटल माध्यमबाट अडिसन लिइने यो प्रतिस्पर्धाको लागि दामी म्युजिक एपमार्फत नेपाली¥याप डटकमबाट आवेदन दिन सकिने भएको छ । साथै सहभागीले आफ्नो प्रस्तुतिको भिडिओ अपलोड गर्न सक्नेछन् ।
नेपहपको श्रीपेच सिजन ३ को विजेताले नेपाली र्यापको सर्वोच्च उपाधिको प्रतिक प्रतिष्ठित श्रीपेच क्राउनसँगै नगद पुरस्कार १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले आफ्नो उत्कृष्ट प्रदर्शनको कदर स्वरूप ५ लाख रुपैयाँ पाउनेछन् ।

यो सिजनमा दुई महान् हिप–हप हस्ती गिरीश खतिवडा र मानष घले निर्णायकको रूपमा प्रस्तुत हुनुहुनेछ । तेस्रो निर्णायक र प्रसारण साझेदारको बारेमा भने खुलासा भएको छैन् ।
नेपहपको श्रीपेच नेपालको प्रमुख र्याप रियालिटी शो हो । जसले नेपाली हिप हपको संस्कृति, रचनात्मकता र समुदायको सम्मान गर्दछ । आफ्नो सुरुवातदेखि नै यस शोले राष्ट्रका केही सबैभन्दा प्रतिभाशाली पत्ता लगाएको छ र प्रवद्र्धन गरेको छ, जसले हिप–हपलाई नेपालको मनोरञ्जन उद्योगको केन्द्रमा पु¥याएको छ ।

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, आयोजक टोलीद्वारा तयारी सार्वजनिक

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

  काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र...

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:००

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ सेवाको अभ्यास गरिरहेको...

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५५

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम...

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर पश्चिम र नेपालगञ्जमा सम्पन्न

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५१

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२ मा उत्कृष्ट...