Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

एनपीएल सिजन २ का ‘ड्रिभन बाइ’ पार्टनर बने ओमोडा एन्ड जेइको, ‘म्यान अफ द टुर्नामेन्ट’ लाई प्रिमियम गाडी उपहार

 

काठमाडौँ। ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को सिजन २ मा ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउँदै, ओमोडा एन्ड जेइकोले एनपीएल सिजन २ को “म्यान अफ द टुर्नामेन्ट” लाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणा गरेको छ ।

यसअघि एनपीएलको सिजन १ मा पनि ओमोडा एन्ड जेइकोले ‘ड्रिभन बाइ’ सह-प्रायोजकको रूपमा सहकार्य गरेको थियो ।

ओमोडा एन्ड जेइको र नेपाल प्रिमियर लिग दुवैले ‘उत्कृष्ट पर्फमेन्स, लगाव तथा इनोभेसन’को दृष्टिकोणलाई बढावा दिने भएकोले यो सहकार्य त्यही साझा दृष्टिकोणस्वरूप भएको हो । देशकै सबैभन्दा लोकप्रिय क्रिकेट प्रतियोगिता एनपीएलले देशभरका क्रिकेटप्रेमीहरूलाई एकजुट गर्दै खेलप्रति विशेष उत्साह जगाउने तथा राष्ट्रको गौरव बढाउने कार्य गर्दै आएको छ ।

नेपालका लागि ओमाेडा एन्ड जेइकाेकाे आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडाले भने, “ओमोडा एन्ड जेइकाे ब्रान्डहरूले उत्साह, प्रदर्शन र उत्कृष्टताको भावना बोकेका छन्, जुन नेपाली क्रिकेट तथा नेपाली क्रिकेटप्रेमीहरूसँग स्वाभाविक रूपमा जोडिन्छ। यो साझेदारीमार्फत हामी खेलकुदप्रतिको उत्साहजनक मोह र ऊर्जालाई बढावा दिँदै, नेपाली युवाहरूलाई खेलसँग निरन्तर जोडिन प्रोत्साहित गर्न चाहन्छौँ ।”

एनपीएल सिजन २ का ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा, ओमोडा एन्ड जेइकोले उत्साहजनक ब्रान्ड गतिविधिहरू, फ्यान इन्गेजमेन्ट जोन र विशेष गाडी प्रदर्शनहरूमार्फत दर्शकहरूको अनुभवलाई अझ रोचक बनाउने बताएको छ ।

सहकार्यको मुख्य आकर्षणका रूपमा ओमोडा एन्ड जेइकोद्वारा मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी “म्यान अफ द टुर्नामेन्ट” लाई ब्रान्डको प्रिमियम गाडी प्रदान गरिनेछ ।

यो साझेदारीले नेपालको अटोमोटिभ क्षेत्रमा ओमोडा र जेइकोको बढ्दो उपस्थितिसँगै खेलकुद, युवा र समुदायप्रतिको प्रतिबद्धतालाई पनि अझ सुदृढ बनाएको बताइएको छ ।

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने अभियान सुरु

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:४९

काठमाडौं। नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी...

ग्रेटवाल मोटर्सको नयाँ इलेक्ट्रिक कार ओरा५ प्री–सेलमा, चिनियाँ बजारमा बुकिङ सुरु

ग्रेटवाल मोटर्सको नयाँ इलेक्ट्रिक कार ओरा५ प्री–सेलमा,...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:२६

काठमाडौं। ग्रेटवाल मोटर (GWM) ले आफ्नो नयाँ इलेक्ट्रिक कार ओरा५...

यामाहाले ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स–ई लन्च गर्यो

यामाहाले ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:१९

  काठमाडौं। यामाहा मोटरले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स–ई बजारमा...

नयाँ इन्टेरियर र फिचर अपडेटसहित टाटा कर्भ बजारमा

नयाँ इन्टेरियर र फिचर अपडेटसहित टाटा कर्भ...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:१६

काठमाडौं। टाटा मोटर्सले आफ्नो लोकप्रिय कुपे एसयूभी टाटा कर्भ र...

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १२:२१

  काठमाडौं। विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने...

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

वि.सं.२०८२ कात्तिक २४ सोमवार २०:३५

  काठमाडौँ, नेपाल – १० नोभेम्बर, २०२५ – नेपालकै विश्वसनीय...