CG Electronics
IME Life
NIMB

एनपीएल सिजन २ का ‘ड्रिभन बाइ’ पार्टनर बने ओमोडा एन्ड जेइको, ‘म्यान अफ द टुर्नामेन्ट’ लाई प्रिमियम गाडी उपहार

NIMB
Himalayan Bank

 

काठमाडौँ। ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को सिजन २ मा ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउँदै, ओमोडा एन्ड जेइकोले एनपीएल सिजन २ को “म्यान अफ द टुर्नामेन्ट” लाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणा गरेको छ ।

यसअघि एनपीएलको सिजन १ मा पनि ओमोडा एन्ड जेइकोले ‘ड्रिभन बाइ’ सह-प्रायोजकको रूपमा सहकार्य गरेको थियो ।

ओमोडा एन्ड जेइको र नेपाल प्रिमियर लिग दुवैले ‘उत्कृष्ट पर्फमेन्स, लगाव तथा इनोभेसन’को दृष्टिकोणलाई बढावा दिने भएकोले यो सहकार्य त्यही साझा दृष्टिकोणस्वरूप भएको हो । देशकै सबैभन्दा लोकप्रिय क्रिकेट प्रतियोगिता एनपीएलले देशभरका क्रिकेटप्रेमीहरूलाई एकजुट गर्दै खेलप्रति विशेष उत्साह जगाउने तथा राष्ट्रको गौरव बढाउने कार्य गर्दै आएको छ ।

नेपालका लागि ओमाेडा एन्ड जेइकाेकाे आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडाले भने, “ओमोडा एन्ड जेइकाे ब्रान्डहरूले उत्साह, प्रदर्शन र उत्कृष्टताको भावना बोकेका छन्, जुन नेपाली क्रिकेट तथा नेपाली क्रिकेटप्रेमीहरूसँग स्वाभाविक रूपमा जोडिन्छ। यो साझेदारीमार्फत हामी खेलकुदप्रतिको उत्साहजनक मोह र ऊर्जालाई बढावा दिँदै, नेपाली युवाहरूलाई खेलसँग निरन्तर जोडिन प्रोत्साहित गर्न चाहन्छौँ ।”

एनपीएल सिजन २ का ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा, ओमोडा एन्ड जेइकोले उत्साहजनक ब्रान्ड गतिविधिहरू, फ्यान इन्गेजमेन्ट जोन र विशेष गाडी प्रदर्शनहरूमार्फत दर्शकहरूको अनुभवलाई अझ रोचक बनाउने बताएको छ ।

सहकार्यको मुख्य आकर्षणका रूपमा ओमोडा एन्ड जेइकोद्वारा मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी “म्यान अफ द टुर्नामेन्ट” लाई ब्रान्डको प्रिमियम गाडी प्रदान गरिनेछ ।

यो साझेदारीले नेपालको अटोमोटिभ क्षेत्रमा ओमोडा र जेइकोको बढ्दो उपस्थितिसँगै खेलकुद, युवा र समुदायप्रतिको प्रतिबद्धतालाई पनि अझ सुदृढ बनाएको बताइएको छ ।

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको उज्ज्वल भविष्य निर्माणतर्फ हुन्डाई नेपालको अर्थपूर्ण पहल

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको...

वि.सं.२०८३ असार २९ सोमवार ११:५२

काठमाडौं। नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एजी–१०...

चितवनमा टोयोटाको अत्याधुनिक ३एस शोरुम सञ्चालनमा, अटोवेज पोखरा आधिकारिक डिलर नियुक्त

चितवनमा टोयोटाको अत्याधुनिक ३एस शोरुम सञ्चालनमा, अटोवेज...

वि.सं.२०८३ असार २७ शनिवार १२:३२

  काठमाडौं। नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...