Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

निराशा चिर्दै अघि बढ्यो ‘परान’, जगदम्बा प्रालिको पनि साथ

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । नेपाली चलचित्र उद्योगमा कुनै बेला ‘फ्लप’ फिल्महरूको चाङ हुन्थ्यो । न कथावस्तुमा मौलिक भेटिन्थ्यो, न कलाकारको अभिनय । मूल कथालाई पर छोडेर ‘एक्सन’कै भरमा फिल्म चलाउने शृङ्खलाको अन्त्य हुन थालेको छ । र, विस्तारै नेपाली चलचित्र क्षेत्रले आफ्नो लय समात्न थालेको छ । विगतमा चलचित्र क्षेत्रमा देखिएको निराशालाई धेरै हदसम्म ‘परान’ले चिर्न सफल भएको छ ।

दुई साता नाघिसक्दा पनि हलहरूमा दर्शकको आकर्षण उत्तिकै छ भने सामाजिक सञ्जालमा पनि व्यापक चर्चा बटुलिरहेको छ । ‘परान’ को चर्चा चिया पसल र ज्येष्ठ नागरिकतहसम्मै पुग्न सफल भएको छ । एकातिर कर्पोरेट हाउसले ‘परान’ लाई माया गर्न थालेपछि दर्शकमा झनै उत्साह थपिँदै गएको छ ।

यही उत्साहका बीच टिभिएस मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लि.परिवारले पनि ‘परान’ हेरेको छ । सुन्धारास्थित सिभिल मलमा कर्पोरेट शो आयोजना गरि आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित फिल्म हेरेको हो ।

चलचित्रले नेपाली समाजको यथार्थलाई समेटेको भन्दै जगदम्बा परिवारले सकारात्मक सन्देश दिने चलचित्रहरू अझै बन्न जरूरी रहेको बताएको छ । एक प्रतिनिधिले भने–“यो चलचित्रले हाम्रै समाजिक परिवेशको कथा भनेको छ, भावनात्मक ढँगबाट कथालाई प्रस्तुत गरेको पायौँ, कलाकारको अभिनयले पनि फिल्मलाई सशक्त बनाएको छ ।”

‘परान’ मा जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको भावनात्मक यात्रा देखाइएको छ । चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह शीर्ष भूमिकामा छन् ।

 

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

ग्रेस इन्टरनेशनल २० औं वर्षमा प्रवेश, प्रभावकारी सेवा दिने उद्घोष

ग्रेस इन्टरनेशनल २० औं वर्षमा प्रवेश, प्रभावकारी...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १२:५८

  काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवामा अग्रणी संस्था ग्रेस...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

पारस खड्का सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडर नियुक्त

पारस खड्का सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडर नियुक्त

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२९

  काठमाडौं । नेपालको नम्बर १ टायल्स र बाथवेयर ब्राण्ड...