CG Electronics
IME Life
NIMB

बजेट रोक्का भएपछि धेरै प्रोजेक्टहरुले प्रगति गर्न सकेनन् : मन्त्री घिसिङ

NIMB
Himalayan Bank

 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका कारण धेरै प्रोजेक्टहरुमा बजेट रोक्का लागेकाले प्रगती कम देखिएको बताएका छन् ।

सोमबार भएको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा मन्त्रालयगत नीतिगत विषय, कार्यान्वयन अवस्थासम्बन्धी प्रश्न तथा आगामी योजनाबारे समिति सदस्यहरूले मन्त्रीसँग प्रत्यक्ष छलफलमा उनले बजेट रोक्का भएपछि काम सुरु भएका योजनाहरु पनि अगाडि बढ्न नसकेको भन्दै खर्च कम देखिए पनि राम्रै प्रगती मान्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो जति पनि प्रगतीका कुरा आइरहेका छन् त्यसमध्ये दुई वटा कुरा सँधै प्रगतीमा आउने गर्छ । पहिलो त्रैमासिकमा प्रगती सधैँ कम नै हुन्छ । त्यो माथि यसपालि जेनजी आन्दोलनको कारणले धेरै प्रोजेक्टहरु रोक्का भएको छ । रोक्का भइसकेपछि टेन्डरमा जाँदैन् । काम नै सुरु भएको योजनाहरु पनि अगाडि बढ्ने कुरा भएन, बजेट नै रोक्का अगाडि बढ्ने कुरा भएन् । यसले खर्च केही कम देखिएपनि राम्रै प्रगती भन्नुपर्छ । किनभने पहिलो त्रैमासिकमा रोक्का भएको बजेटलाई माइनस गरेर लिने हो भने प्रतिशत धेरै माथि जान्छ ।’

यस्तै, उनले शहरी विकासको ६१ अर्ब रोक्का भएको भन्दै त्यो घटाएर प्रतिशतमा हेर्ने हो भने २० प्रतिशतभन्दा बढि नै विकास भएको भन्दै रोक्काको कारणले बजेटमा अलिकति समस्या भएको बताए ।

राज्यको लागि सबैभन्दा बढि नाफा नै उर्जा क्षेत्रले गरेको भन्दै घाटा गरायो भन्ने जुन आक्षेप लगाएको छ त्यो सरासर गलत भएको पनि उनको भनाई छ ।

साथै, उनले ठेकेदारहरुले ठेक्का लिएर कामै नगर्ने प्रविधि तीनवटै मन्त्रालय अन्तरगत व्यापक रुपमा रहेको भन्दै उर्जा, सडक, सिंचाई र शहरी विकास अन्तरगत काम नगर्ने अहिलेसम्म ४९ वटा ठेक्का तोडिसकेको बताए ।

उनले भने, ‘धेरै परियोजनाहरुमा प्रोजेक्ट लिने तर ठेक्दारहरुले बिलोमा लिने र कामै नगर्ने प्रवृत्ति व्यापक छ । तीनवटै मन्त्रालयमा यस्तै प्रबृत्ति छ । त्यसैले जस जसले काम गर्दैन् त्यो सबै ठेक्का तोड्नुपर्छ भनेर ठेक्दारको कारणले ढिलो भएको प्राजेक्टहरु हामीले टर्मिनेशनमा लाने भनेर उर्जा, सडक, सिंचाई र शहरी विकासका करिब २६९ वटा प्रोजेक्टको ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढायौं । अहिलेसम्म ४९ वटा ठेक्का हामीले तोडि सकेका छौ ।’

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...