CG Electronics
IME Life
NIMB

म्याक्सस ईभीको नयाँ मूल्य सार्वजनिक, देशभर डिलर नेटवर्क विस्तार

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालका लागि म्याक्सस इलेक्ट्रिक भेहिकलको आधिकारिक वितरक हिमालय मोट्रोक्स प्रालिले तीन नयाँ प्रिमियम ईभी मोडलको नयाँ मूल्य सार्वजनिक गरेको छ।

कम्पनीले नेपाली बजारमा उपलब्ध म्याक्सस ई–टेरोन ९ लक्जरी मोडेलको मूल्य रु. १ करोड १० लाख निर्धारण गरेको छ। त्यस्तै ई–टेरोन ९ प्रिमियमको मूल्य रु. १ करोड १८ लाख र सात सिट क्षमतायुक्त म्याक्सस मिफा ७ प्रिमियम एमपीभीको मूल्य रु. १ करोड २४ लाख ९९ हजार तोकिएको छ।

मूल्यसमेत अद्यावधिक गर्दै कम्पनीले नेपालभर ग्राहक पहुँच विस्तारको लक्ष्यसहित डिलर नेटवर्क विस्तारको घोषणा पनि गरेको छ। कम्पनीका अनुसार हाल काठमाडौं, पोखरा, विराटनगर र बिर्तामोडमा म्याक्सस सवारीसाधन खरिद गर्न सकिनेछ।

त्यस्तै बुटवल, नारायणघाट र नेपालगञ्जमा नयाँ शोरुम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।

ग्राहक सेवाको सहजताका लागि कम्पनीले स्वयम्भू र धोबीघाट (काठमाडौं) मा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ भने पोखरा, विराटनगर र बिर्तामोडमा पनि सर्भिस सुविधा उपलब्ध छ।

म्याक्सस ई–टेरोन ९ मध्ये जडित १०२.२ किलोवाट आवर ब्याट्रीले एकपटकको पूर्ण चार्जमा ५६० किलोमिटरको रेन्ज दिने एनईडिसी प्रमाणन प्राप्त छ। उन्नत प्रविधि र उच्च प्रदर्शनका कारण म्याक्ससको ई–टेरोन सवारी विद्युतीय पिकअप सेग्मेन्टमा आकर्षणका रूपमा उभिएको छ।

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...