CG Electronics
IME Life
NIMB

सन नेपाल लाइफको नाफा २८ करोड ५४ लाख, बीमाशुल्क आर्जनमा वृद्धि

NIMB
Himalayan Bank

 

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको पहिलो ६ महीनामा २८ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २८ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। त्यसको तुलनामा चालू आर्थिक वर्षमा कम्पनीको नाफा १.११ प्रतिशतले वृद्धि भएको हो। आम्दानीमा भएको बढोत्तरीले नाफा बढ्न सहयोग पुगेको कम्पनीले जनाएको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब १८ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा ३.६४ प्रतिशत वृद्धि गर्दै २ अर्ब २६ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

यद्यपि समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी भने घटेको छ। कुल आम्दानी २ अर्ब ९४ करोड २० लाख रुपैयाँबाट ११.२२ प्रतिशतले घटेर २ अर्ब ६१ करोड २० लाख रुपैयाँमा सीमित भएको छ। आम्दानी घटेसँगै कम्पनीले खर्च पनि घटाएको छ। कुल खर्च २ अर्ब ६६ करोड रुपैयाँबाट १३.५८ प्रतिशतले घटेर २ अर्ब २९ करोड ८६ लाख रुपैयाँ कायम भएको छ।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ८ अर्ब ९६ करोड ९४ लाख रुपैयाँबाट बढेर ११ अर्ब ४ करोड ७९ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी १४.२५ रुपैयाँबाट घटेर ११.३० रुपैयाँमा झरेको छ भने सोल्भेन्सी मार्जिन रेशियो २.३३ प्रतिशतबाट बढेर २.४३ प्रतिशत कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १४७.२८ रुपैयाँ रहेको छ।

कम्पनीले चालू आर्थिक वर्षको ६ महीनामा बीमा पोलिसी नवीकरणमार्फत १ अर्ब ५६ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ। ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको शेयर प्रिमियम १ अर्ब ३० करोड २२ लाख रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड ६१ लाख रुपैयाँ, जगेडा कोषमा ५४ करोड ८५ लाख रुपैयाँ र अन्य इक्विटीमा २९ करोड २० लाख रुपैयाँ सञ्चित रहेको छ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...