CG Electronics
IME Life
NIMB

सूर्यज्योति लाइफको नाफा २० करोड १८ लाख रुपैयाँ, बीमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि

NIMB
Himalayan Bank

 

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानीसँगै नाफामा पनि वृद्धि भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालू आर्थिक वर्षको पुस मसान्तसम्म २.९२ प्रतिशत वृद्धि गर्दै २० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १४.६३ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड १६ लाख रुपैयाँबाट ५ अर्ब ७१ करोड २ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल आम्दानी ७ अर्ब रुपैयाँबाट बढेर ७ अर्ब ७० करोड २१ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च पनि ६ अर्ब ६४ करोड ९ लाख रुपैयाँबाट बढेर ७ अर्ब ३५ करोड ४१ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीले अभिकर्तालाई दिएको कमिसन रकम ४४ करोड १८ लाख रुपैयाँबाट बढेर ४९ करोड १६ लाख रुपैयाँ पुगेको छ। साथै जीवन बीमा कोषको आकार ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँबाट बढेर ४६ अर्ब १७ करोड १० लाख रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ७.८३ रुपैयाँबाट बढेर ८.०६ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १२३.३३ रुपैयाँ रहेको छ। कम्पनीको मूल्य–आम्दानी अनुपात ५५.६९ गुणा रहेको छ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले बीमा पोलिसी नवीकरणमार्फत ४ अर्ब २२ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ।

५ अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ४४ करोड २ लाख रुपैयाँ, जगेडा कोषमा ४५ करोड २८ लाख रुपैयाँ र अन्य इक्विटीमा २७ करोड ६० लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीको सोल्भेन्सी मार्जिन रेशियो १.६५ प्रतिशत रहेको छ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...