CG Electronics
Ncell NPL
NIMB

वि.सं.२०८२ फागुन ७ बिहीवार

skip this CG Electronics  (Content Block)2

नेपालमा लगानी बढाउन कतारी टोलीको चासो, गभर्नर पौडेलसँग भेटवार्ता

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल भ्रमणमा आएको कतारी प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेको छ ।

कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदेलीको नेतृत्वको प्रतिनिधिमण्डल र गभर्नर पौडेलसँगको भेटवार्तामा नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ प्रणाली तथा लगानी सम्भावनाका विषयमा छलफल भएको थियो।

उक्त अवसरमा नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अली अल अन्सारी र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको सहभागिता रहेको थियो। सो अवसरमा कतारी प्रतिनिधि मण्डलले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भएमा कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको बताए।

छलफलका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलले नेपालमा वैदेशिक लगानीका लागि उपलब्ध नीतिगत व्यवस्थाबारे जानकारी गराउदै नेपालले वैदेशिक लगानीलाई प्राथमिकतामा राख्दै नीतिगत सुधारलाई निरन्तर अघि बढाइरहेको जानकारी दिनु भयो ।

कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलिले कतारी निजि क्षेत्रको नेपालमा लगानी प्रती चासो रहेको उल्लेख गर्दै बैंकिङ, पर्यटन सूचना प्रविधि, जनशक्ति विकासका विविध क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताउनु भयो । उहाँले लगानीको लागि स्पष्ट रोड्म्याप भए नेपालमा कतारी लगानी भित्र्याउन सकिने धारणा राख्नु भयो ।

महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा वैदेशिक लगानी सहजीकरणका लागि महासङ्घ सक्रिय भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै कतारी लगानी नेपाल भित्र्याउन सकिने ठोस सम्भावना रहेको धारणा राख्नु भयो । उहाँले निजी क्षेत्र–निजी क्षेत्र सहकार्य, सरकार–निजी क्षेत्र संवाद र संस्थागत संयन्त्रमार्फत लगानी प्रक्रिया सहज बनाउन महासंघ प्रतिबद्ध रहेको बताउनु भयो ।

CG Electronics
आइसिटी छात्रवृत्तिका लागि आवेदन खुल्यो, ५९ विद्यार्थीका लागि करिब २ करोड ७२ लाख बराबरको छात्रवृत्ति

आइसिटी छात्रवृत्तिका लागि आवेदन खुल्यो, ५९ विद्यार्थीका...

वि.सं.२०८२ फागुन ६ बुधवार ११:३०

  काठमाडौँ । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक...

प्रतिवद्धता नदिने दललाई मत नदिने बराम

प्रतिवद्धता नदिने दललाई मत नदिने बराम

वि.सं.२०८२ फागुन ५ मंगलवार १७:५७

  काठमाडौं । नेपाल बराम संघले आदिवासी समुदायअन्तर्गत पर्ने वराम...

नयाँ दलले गरेका कामको पनि हिसाब किताब किताब मागौँ : बिनोद चौधरी

नयाँ दलले गरेका कामको पनि हिसाब किताब...

वि.सं.२०८२ फागुन ५ मंगलवार १५:०६

  नवलपरासी । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् नवलपरासी क्षेत्र...

केन्ट मिनरल आरओद्वारा आईसीसी टी–२० विश्वकप २०२६ लक्षित विशेष योजना सार्वजनिक

केन्ट मिनरल आरओद्वारा आईसीसी टी–२० विश्वकप २०२६...

वि.सं.२०८२ फागुन ५ मंगलवार १२:२५

  काठमाडौं । सिजी इलेक्ट्रोनिक्स अन्तर्गत विश्वकै अग्रणी पानी शुद्धीकरण...

अमित लामाको एजेण्डा डाँडापारीको कफी र जडिबुटीको ब्राण्डिङ, युवालाई रोजगारी

अमित लामाको एजेण्डा डाँडापारीको कफी र जडिबुटीको...

वि.सं.२०८२ फागुन ४ सोमवार २२:४१

काभ्रे । काभ्रे, क्षेत्र नं। १ का एमाले उम्मेदवार अमित...

पश्चिम नवलपरासीमा प्रलोपाको समर्थन विनोद चौधरीलाई

पश्चिम नवलपरासीमा प्रलोपाको समर्थन विनोद चौधरीलाई

वि.सं.२०८२ फागुन ४ सोमवार २२:३६

  पश्चिम नवलपरासी क्षेत्र नं. १ मा प्रगतिशील लोकतान्त्रिक पार्टी...