CG Electronics
IME Life
NIMB

आइसिटी छात्रवृत्तिका लागि आवेदन खुल्यो, ५९ विद्यार्थीका लागि करिब २ करोड ७२ लाख बराबरको छात्रवृत्ति

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक अवसर विस्तार गर्ने उद्देश्यसहित राष्ट्रिय सूचना प्रविधि आइसिटी छात्रवृत्ति पुरस्कार २०८२ अन्तर्गत ५९ विद्यार्थीलाई २ करोड ७१ लाख ८१ हजार बराबरको छात्रवृत्ति प्रदान गरिने भएको छ।

नेपाल प्रहरी श्रीमती सङ्घ र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनबीच शैक्षिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेपाल प्रहरी श्रीमती सङ्घका तर्फबाट अध्यक्ष नबिना खत्री कार्की र लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका तर्फबाट अध्यक्ष पङ्कज जालानले हस्ताक्षर गर्नुभएको थियो।

गुणस्तरीय शिक्षा, नैतिक मूल्य, अनुशासन तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै नेपाल प्रहरीमा सेवारत, अवकाशप्राप्त तथा अमर एवं अशक्त प्रहरी कर्मचारीका परिवारलाई लक्षित गरी सूचना प्रविधि तथा व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर तहमा पूर्ण तथा आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको छ।

१९९८ सालमा स्थापना भएको लर्ड बुद्ध एजुकेशन फाउन्डेसन नेपालकै पहिलो सूचना प्रविधि कलेजका रूपमा परिचित छ। विगत २६ वर्षभन्दा बढी समयदेखि यो संस्थाले सूचना प्रविधि तथा व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ।

छात्रवृत्ति कार्यक्रमअन्तर्गत सेवा, अवकाशप्राप्त र शहादत प्राप्त प्रहरी परिवारका सदस्य तथा आश्रितका साथै हाल कार्यरत नेपाल प्रहरी कर्मचारीहरू लाभान्वित हुनेछन्। विशेष प्राथमिकतामा छात्रा छन्। छात्रवृत्ति कार्यक्रम अन्तर्गत सूचना प्रविधि विषयमा स्नातक बि.एस्सी. आइसिटी कोर, व्यवस्थापनमा स्नातकोत्तर एम.बि.ए र सूचना प्रविधि व्यवस्थापनमा स्नातकोत्तर एम.एस्सी. आइ.सी.टी.एम. कार्यक्रममा अध्ययनका लागि आर्थिक सहयोग प्रदान गरिनेछ।

छात्रवृत्ति योजनाअन्तर्गत महिला मेधावी आइसिटी छात्रवृत्ति अन्तर्गत शतप्रतिशत सरस्वती, ५० प्रतिशत लक्ष्मी र ३० प्रतिशत दुर्गा छात्रवृत्ति उपलब्ध हुनेछ। त्यसै गरी खुला मेधावी आइसिटी छात्रवृत्तिअन्तर्गत ५० प्रतिशत शक्ति र ३० प्रतिशत साथी छात्रवृत्ति प्रदान गरिनेछ।

स्नातक तहका लागि प्लस टु वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ तथा माध्यमिक शिक्षा परीक्षा एसइई मा गणित विषयमा न्यूनतम ५० प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्नेछ। स्नातकोत्तर तहका लागि सम्बन्धित विषयमा स्नातक उपाधि र न्यूनतम २.७५ श्रेणीाङ्क आवश्यक पर्नेछ। अन्तिम नतिजा प्रतीक्षारत विद्यार्थीहरूले पनि आवेदन दिन सक्नेछन् ।

छात्रवृत्ति छनोट प्रक्रिया नेपाल प्रहरी श्रीमती सङ्घद्वारा गठित छनोट समितिले गर्नेछ। छात्रवृत्ति निरन्तरताका लागि प्रत्येक सेमेस्टरमा सबै विषय पहिलो प्रयासमै उत्तीर्ण गर्नुपर्नेछ र न्यूनतम ८५ प्रतिशत हाजिरी अनिवार्य गरिएको छ। अनुशासनहीन वा नियम उल्लङ्घन गरेको पाइएमा छात्रवृत्ति रद्द हुन सक्ने व्यवस्था गरिएको छ।

लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका तर्फबाट अध्यक्ष पङ्कज जालानले यो पहलमार्फत नेपाल प्रहरी परिवारका सदस्यहरूको शैक्षिक सशक्तीकरण र सूचना प्रविधि तथा व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

छात्रवृत्तिसम्बन्धी विस्तृत जानकारी तथा आवेदन प्रक्रियाका लागि https://lbef.org/ictscholarships-2082.php मा जान सक्नुहुनेछ ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...