CG Electronics
IME Life
NIMB

नेपालमा स्कोडाको नयाँ ‘काइलक’ एसयूभी सार्वजनिक, मूल्य ४५.९० लाखदेखि

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपालका लागि Škoda को आधिकारिक वितरक MAW Vriddhi ले नयाँ ‘स्कोडा काइलक’ एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ। चन्द्रागिरि हिल्स रिसोर्टमा आयोजित कार्यक्रममा नेपाली चलचित्रका महानायक राजेश हमाल लगायत कम्पनीका पदाधिकारीहरूको उपस्थितिमा गाडी सार्वजनिक गरिएको हो।

कम्पनीका अनुसार स्कोडा काइलक म्यानुअल भेरिएन्टको मूल्य ४५ लाख ९० हजार रुपैयाँ र अटोमेटिक भेरिएन्टको मूल्य ५२ लाख ९० हजार रुपैयाँदेखि सुरु हुन्छ। करिब दुई वर्षयता नयाँ मोडल नल्याएको स्कोडाले पुनः सब–फोर मिटर एसयूभी सेग्मेन्टमा नयाँ विकल्प प्रस्तुत गरेको हो।

भारतमा राम्रो चर्चा कमाएको काइलक स्कोडाको लोकप्रिय मोडल कुशाकसँग डिजाइनमा मिल्दोजुल्दो देखिन्छ। यसमा १७ इन्च अलोय ह्विल, बोल्ड रोड प्रेजेन्स तथा आकर्षक फ्रन्ट र रियर डिजाइन दिइएको छ।

इन्टेरियरतर्फ ड्युअल डिजिटल स्क्रिन, पावर्ड ड्राइभर सिट, लेदरेट अपहोल्स्ट्री, कनेक्टेड कार टेक्नोलोजी, एम्बियन्ट लाइटिङ र ६–स्पिकर कान्टन साउन्ड सिस्टम जस्ता फिचर उपलब्ध छन्।

सुरक्षाका लागि सबै भेरिएन्टमा ६ एयरब्याग, एबीएस, ईबीडी, ट्रयाक्सन कन्ट्रोल, आइएसओफिक्स चाइल्ड सिट माउन्टिङ प्वाइन्ट, हेडरेस्ट तथा थ्री–प्वाइन्ट सिटबेल्ट समावेश गरिएको कम्पनीले जनाएको छ।

३.९५ मिटर लम्बाइ र २.५६ मिटर ह्विलबेस रहेको काइलकको ग्राउन्ड क्लियरेन्स १८९ एमएम छ। यसमा ४४६ लिटरको बुटस्पेस रहेको छ भने सिट फोल्ड गर्दा १,२६५ लिटरसम्म बढाउन सकिन्छ।

इन्जिनतर्फ १.० लिटर टीएसआई पेट्रोल इन्जिनले ११४ बीएचपी पावर र १७८ एनएम टर्क उत्पादन गर्छ। यो ६–स्पिड म्यानुअल वा अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ।

स्कोडा काइलकले बजारमा उपलब्ध Hyundai Venue, Kia Sonet, Mahindra XUV 3XO, Maruti Suzuki Fronx तथा Maruti Suzuki Brezza सँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

किया नेपालद्वारा ‘किया केथ्री सेल्टोस’ नेपाली बजारमा सार्वजनिक

किया नेपालद्वारा ‘किया केथ्री सेल्टोस’ नेपाली बजारमा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २०:४३

काठमाडौं । नेपालका लागि किया गाडीको एकमात्र आधिकारिक वितरक कन्टिनेन्टल...

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित: नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ कोसेढुङ्गा 

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ०९:३१

  काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी...