CG Electronics
Ncell NPL
NIMB

वि.सं.२०८२ फागुन ७ बिहीवार

skip this CG Electronics  (Content Block)2

बेलायतबाट फर्केका युवाद्वारा काठमाडौंमा ‘एसईए कन्सल्टेन्सी’ सञ्चालन

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । बेलायतमा उच्च शिक्षा अध्ययन गरी स्वदेश फर्केका युवाहरूले काठमाडौंमा शैक्षिक परामर्श सेवा सुरु गरेका छन्। विदेशमा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई विशेषज्ञ मार्गदर्शन प्रदान गर्ने उद्देश्यले SEA Consultancy सञ्चालनमा ल्याइएको हो।

काठमाडौैंको कालधारामा कार्यालय स्थापना गरिएको उक्त कन्सल्टेन्सीले करियर काउन्सेलिङ, शैक्षिक मार्गदर्शन तथा भिसा सेवा, आईईएलटीएस र पीटीई तयारी कक्षा, विद्यार्थी भिसा सहजीकरण सेवा तथा आईईएलटीएस र पीटीईका मक टेस्ट सञ्चालन गर्ने जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्मिता सिवाकोटीका अनुसार विद्यार्थीलाई पारदर्शी प्रक्रिया, विश्वसनीय सेवा तथा व्यावसायिक मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखिएको छ। प्रबन्ध निर्देशक मनन भट्टले विदेश अध्ययनसम्बन्धी परामर्शलाई गुणस्तरीय र परिणाममुखी बनाइने बताए।

कन्सल्टेन्सीले बेलायत, अस्ट्रेलिया, अमेरिका, क्यानडा, युरोप तथा न्युजिल्यान्डका लागि अध्ययन परामर्श सेवा उपलब्ध गराउने जनाएको छ।

कम्पनीमा सिवाकोटी र भट्टका साथै ईरोस महर्जन र आकाश अग्रवालको लगानी रहेको बताइएको छ। सञ्चालकहरू बेलायतका प्रतिष्ठित विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरी स्वदेश फर्किएका हुन्। यसअघि उनीहरूले शैक्षिक परामर्श क्षेत्रमा अनुभवसमेत हासिल गरिसकेको जनाइएको छ।

सेवा शुभारम्भ समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत सिवाकोटीले विद्यार्थीहरूलाई विश्वसनीय र व्यावसायिक परामर्श प्रदान गर्दै विदेश अध्ययनको प्रक्रिया सहज बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

CG Electronics
एनसेल, फुडमान्डुले ल्यायो खानाका परिकारमा रु. १५० को छुट अफर

एनसेल, फुडमान्डुले ल्यायो खानाका परिकारमा रु. १५०...

वि.सं.२०८२ फागुन ६ बुधवार १९:५४

काठमाडौं। एनसेलले फुडमान्डुसँग साझेदारी गर्दै नयाँ आकर्षक अफर सुरु गरेको...

आठौँ ‘कुलपुत्र प्रबज्या’ कार्यक्रम फागुन २६ देखि सुरु हुने

आठौँ ‘कुलपुत्र प्रबज्या’ कार्यक्रम फागुन २६ देखि...

वि.सं.२०८२ फागुन ६ बुधवार ११:१६

  ललितपुर । प्रबज्या सामाजिक नेपाल ले आठौँ ‘कुलपुत्र प्रबज्या’...

संस्कृति इन्टरनेशनल स्कुलकी निर्देशक दीप्ति आचार्य नेपाल र एसिया–प्रशान्त क्षेत्रका लागि आईसीएको राजदूत नियुक्त

संस्कृति इन्टरनेशनल स्कुलकी निर्देशक दीप्ति आचार्य नेपाल...

वि.सं.२०८२ फागुन ६ बुधवार ११:१०

काठमाडौं । ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई...

साके एन्ड फेङ्गमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक

साके एन्ड फेङ्गमा नेवारी परिकारसहित नयाँ विशेष...

वि.सं.२०८२ फागुन ६ बुधवार ११:०७

  काठमाडौँ। लाजिम्पाटस्थित होटल ले हिमालयको छैठौं तलामा रहेको पान–एशियन...

नेशनल लाइफको सीईओ क्लबमा मधेशका उत्कृष्ट अभिकर्ता सम्मानित

नेशनल लाइफको सीईओ क्लबमा मधेशका उत्कृष्ट अभिकर्ता...

वि.सं.२०८२ फागुन ५ मंगलवार २२:१२

  जनकपुर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले मधेश...

विनी इन्टरनेशनल एलएलसीद्वारा लाबिम मलमा ‘योर फ्रेगरन्स’ शुभारम्भ

विनी इन्टरनेशनल एलएलसीद्वारा लाबिम मलमा ‘योर फ्रेगरन्स’...

वि.सं.२०८२ फागुन ५ मंगलवार २२:०४

  काठमाडौँ । लक्जरी परफ्युम क्षेत्रमा प्रतिष्ठित दुबईस्थित कम्पनी विनी...