IME Life
NIMB

नेपाल बौद्धिक परिषद्ले एमाले घोषणापत्रमाथि बौद्धिक विमर्श सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं। नेपाल बौद्धिक परिषद्ले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि नेकपा एमालेले जारी गरेको घोषणापत्रमाथि बौद्धिक विमर्श कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागी बुद्धिजीवीहरूले यसपटकको घोषणापत्रको सार ‘देश पहिला’ रहेको र यथार्थपरक तथा कार्यान्वयन योग्य भएको बताएका छन्।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राडा शिवराज अधिकारीले घोषणापत्रले राजनीतिक विषय वस्तुमा केन्द्रित भएर देशलाई पहिलो प्राथमिकता दिएको बताए। उहाँले आगामी पाँच वर्षमा अर्थतन्त्रको आकार १०० खर्व पुर्याउने लक्ष्य र ७–९ प्रतिशत आर्थिक वृद्धिदर यथार्थ नजिक रहेको बताए।

पूर्व राजदूत डा. नेत्र तिम्सिनाले महिला, दलित र सीमान्तकृत समुदायका सवालहरू सबै क्षेत्रमा क्रस-कटिंग रुपमा समावेश गरिएको वताउँदै पाँच प्राथमिक क्षेत्र, तत्काल गर्ने ११ काम र समृद्धिका २५ स्तम्भ घोषणापत्रमा समावेश भएको जानकारी दिनुभयो।

मानव अधिकारकर्मी विदुर सुवेदीले घोषणापत्रले सामाजिक न्याय र असमानताका सवाललाई नीति र बजेटमा जोडेको हुँदा कार्यान्वयन योग्य हुने वताउनुभयो। डा. यमुना घलेले गतिशील गाउँ अवधारणाले महिला, दलित र युवालाई बढी लाभ पुग्ने बताए।

राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईले घोषणापत्र युवा केन्द्रित, तथ्यांकमा आधारित र व्यवहारिक भएको उल्लेख गरे। कार्यक्रमका सहभागी बुद्धिजीवीहरूले देशको भूराजनीतिक र राजनीतिक अवस्थालाई मध्यनजर गर्दै राष्ट्रवादी शक्तिहरूलाई मतदान गरेर अघि बढाउन जनतालाई सन्देश दिएका छन्।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...