CG Electronics
IME Life
NIMB

नेपालमा सार्वजनिक भयो बहुप्रतिक्षित सीएफमोटो ४५० सीएलसी बाइक

NIMB
Himalayan Bank

 

 

काठमाडौं । नेपालका लागि सीएफमोटो बाइक को आधिकारिक वितरक ऋषि ट्रेड सेन्टर ले बहुप्रतिक्षित सीएफमोटो ४५० सीएलसी बाइक सार्वजनिक गरेको छ। बाइक सार्वजनिक कार्यक्रम ‘बाइक एन्ड कफी २०२६’ एकान्त कुणास्थित सुजुकी ड्राइभिङ सेन्टर मा सम्पन्न भएको थियो।

कार्यक्रममा राइडर समुदाय, अटोमोबाइल मिडिया, मोटरसाइकल प्रेमी, इन्फ्लुएन्सर तथा ब्रान्ड समर्थकहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

नयाँ सीएफमोटो ४५० सीएलसी मोडर्न क्लासिक सेगमेन्टमा प्रस्तुत गरिएको बाइक हो। यसले नेपालमा बढ्दो प्रिमियम मिड–वेट मोटरसाइकल बजारमा नयाँ आयाम थपेको कम्पनीले जनाएको छ। बाइकमा ४४९ सीसी प्यारालल ट्विन, लिक्विड–कुल्ड इन्जिन, सन्तुलित पावर डेलिभरी, बलियो मिड–रेन्ज टर्क, आरामदायी क्रुजर एर्गोनोमिक्स, प्रिमियम फिनिश र उन्नत ब्रेकिङ तथा सुरक्षा प्रणाली रहेका छन्।

लो–स्लङ स्टान्स, मस्कुलर फ्युल ट्यांक र मिनिमलिस्ट डिजाइनले ४५० सीएलसीलाई स्टाइल र प्रदर्शन दुवैमा विशेष बनाएको छ।

कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले नेपालमा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा दीर्घकालीन लगानी र विस्तार रणनीतिबारे जानकारी दिएका थिए। ४५० सीएलसीको आगमनसँगै सीएफमोटो ले आफ्नो उत्पादन दायरा अझ फराकिलो गर्दै नेपाली बजारमा विश्वस्तरीय विकल्प उपलब्ध गराउने प्रतिबद्धता दोहो¥याएको छ।

कम्पनीका अनुसार यो मोडल विशेषगरी स्टाइलिस तर शक्तिशाली क्रुजर खोजिरहेका युवा र अनुभवी राइडरहरूका लागि लक्षित गरिएको हो। यसको मूल्य रु. ११,९९,९०० तोकिएको छ।

सीएफमोटो ४५० सीएलसी हाल देशभरका आधिकारिक सीएफमोटो शोरूमहरूमा बुकिङका लागि उपलब्ध छ। विस्तृत स्पेसिफिकेशन, मूल्य तथा डेलिभरीसम्बन्धी जानकारीका लागि नजिकैको शोरूममा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:५९

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले...

वि.सं.२०८३ साउन ४ सोमवार २२:५४

  काठमाडौं। विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा...

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि...

वि.सं.२०८३ साउन ४ सोमवार ०८:४९

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको...

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी...

वि.सं.२०८३ साउन ३ आइतवार २२:०१

  काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार...

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज र लामो ऋण अवधि

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज...

वि.सं.२०८३ साउन ३ आइतवार २१:४७

  काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले...