IME Life
NIMB

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखसम्म बिमा व्यवस्था

NIMB
Himalayan Bank

 

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल २ लाख २१ हजार कर्मचारी खटाइएको निर्वाचन आयोग ले जनाएको छ।

आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रअन्तर्गत २३ हजार ११२ मतदान केन्द्र तथा समानुपातिकतर्फ मात्र मतदान हुने १४३ अस्थायी केन्द्रमा उक्त संख्यामा कर्मचारी परिचालन गरिएको हो। पाँच सयभन्दा बढी मतदाता रहेका मतदान केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाइएको आयोगले स्पष्ट पारेको छ।

निर्वाचनका लागि मतदान समय बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म तोकिएको छ। मतदान व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृतदेखि सहयोगी कर्मचारीसम्म व्यापक जनशक्ति परिचालन गरिएको आयोगको भनाइ छ।

सुरक्षातर्फ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा निर्वाचन प्रहरी गरी करिब ३ लाख ३९ हजार सुरक्षाकर्मी खटाइएको आयोगले जानकारी दिएको छ।

आयोगका अनुसार निर्वाचनमा संघका कर्मचारीलाई पहिलो प्राथमिकतामा राखिएको छ। त्यसपछि प्रदेश तथा स्थानीय तहका कर्मचारी परिचालन गरिएको छ भने केही स्थानमा आवश्यकताअनुसार शिक्षकहरूलाई समेत खटाइएको जनाएको छ।

निर्वाचनमा खटिने कर्मचारीलाई शतप्रतिशत सुविधा उपलब्ध गराइनुका साथै २० लाख रुपैयाँसम्मको बिमा व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...