IME Life
NIMB

भारतमा ट्रायम्फ मोटरसाइकलको बिक्री १ लाख नाघ्यो

NIMB
Himalayan Bank

 

काठमाडौं — बेलायती प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फ मोटरसाइकलले भारतमा १ लाख युनिट मोटरसाइकल बिक्री गर्दै महत्वपूर्ण माइलस्टोन हासिल गरेको छ। भारतमा उत्पादन र वितरणको जिम्मेवारी सम्हालिरहेको कम्पनी बजाज अटोले उक्त जानकारी सार्वजनिक गरेको हो।

सन् २०२३ को दोस्रो त्रैमासिकमा बजाज–ट्रायम्फ साझेदारी सुरु भएको करिब साढे दुई वर्षपछि कम्पनीले यो उपलब्धि हासिल गरेको हो। बजाज अटोका अनुसार यसले भारतीय बजारमा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा ट्रायम्फको तीव्र विस्तारलाई देखाएको छ।

साझेदारी सुरु भएदेखि ट्रायम्फले बजाज अटोको उत्पादन क्षमता, अनुसन्धान तथा विकास (आर एन्ड डी) विशेषज्ञता र व्यापक वितरण सञ्जालको प्रयोग गर्दै भारतमा आफ्नो उपस्थिति उल्लेखनीय रूपमा विस्तार गरेको छ। हाल ट्रायम्फको उपस्थिती भारतका २०० भन्दा बढी शहरमा फैलिएको छ भने २३० भन्दा बढी डिलरशिप तथा स्टोरहरूको नेटवर्कमार्फत मोटरसाइकल बिक्री भइरहेको छ।

भारतमा उत्पादन हुने ट्रायम्फको ४०० सीसी लाइनअपले घरेलु बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो माग पाएको छ। हाल भारतमा निर्मित ट्रायम्फ मोटरसाइकल नेपालसहित जापान, अष्ट्रेलिया, मेक्सिको, ताइवान र दक्षिण कोरिया लगायत विश्वका १८ देशमा निर्यात हुँदै आएका छन्।

यसैबीच कम्पनीले भारतमा आफ्नो मोटरसाइकल पोर्टफोलियो थप विस्तार गर्ने तयारी पनि गरेको छ। बजाज अटोका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राजीव बजाजका अनुसार आगामी अप्रिल महिनामा ट्रायम्फको ३५० सीसी मोटरसाइकलहरूको नयाँ रेन्ज सार्वजनिक गरिनेछ।

ट्रायम्फ नेपाली बजारमा पनि लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्ड हो। नेपालमा स्पिड ४००, स्क्र्याम्बलर ४०० एक्स र स्क्र्याम्बलर ४०० एक्ससी गरी तीन भेरियन्ट उपलब्ध छन्, जसको मूल्य क्रमशः ६ लाख ६० हजार, ७ लाख १५ हजार र ८ लाख रुपैयाँ रहेको छ।

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४०...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:०३

  काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...