CG Electronics
IME Life
NIMB

टीभीएसको नयाँ वर्ष अफर : बाइक किन्दा ५ वर्षसम्म निःशुल्क पेट्रोल जित्ने मौका

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपालका लागि TVS Motor Company को आधिकारिक वितरक जगदम्बा मोटर्स ले नयाँ वर्ष २०८३ को अवसरमा ‘टीभीएससँग नयाँ वर्षको निरन्तर यात्रा’ नामक विशेष अफर सार्वजनिक गरेको छ।

यस अफरमार्फत ग्राहकलाई थप मूल्य, दैनिक पुरस्कार र सहज स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

अफरअन्तर्गत टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले आकर्षक लाभ प्राप्त गर्नेछन्। ग्राहकले प्रत्येक दिन ५ वर्षसम्मको पेट्रोल निःशुल्क जित्ने अवसर पाउने व्यवस्था गरिएको छ, जसले यात्रालाई अझ सहज र किफायती बनाउने विश्वास गरिएको छ।

त्यसैगरी, ग्राहकहरूले अधिकतम ५ लाख रुपैयाँसम्म छुट पाउन सक्नेछन्। साथै, २ हजार ९ सय ६७ रुपैयाँबाट सुरु हुने न्यूनतम ईएमआई सुविधा पनि उपलब्ध गराइएको छ, जसले स्वामित्वलाई अझ सहज बनाउने कम्पनीको दाबी छ।

कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले नयाँ वर्षलाई नयाँ सुरुवातको समय भन्दै यस अफरमार्फत ग्राहकको यात्रा अझ अर्थपूर्ण र रमाइलो बनाउने लक्ष्य रहेको बताए।

यस्तै, उपाध्यक्ष दिपक रौनियारले कम्पनी सधैं ग्राहक केन्द्रित योजना ल्याउन प्रतिबद्ध रहेको उल्लेख गर्दै नगद, एक्सचेन्ज र फाइनान्स सबै माध्यमबाट अफर उपलब्ध हुने जानकारी दिए। साथै, अन्य ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटरमा पनि राम्रो मूल्याङ्कन गरिने उनले बताए।

यस अफरमार्फत टीभीएसले ग्राहकसँगको सम्बन्ध अझ सुदृढ बनाउँदै विश्वसनीयता, प्रदर्शन र मूल्यमा आधारित सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

किया नेपालद्वारा ‘किया केथ्री सेल्टोस’ नेपाली बजारमा सार्वजनिक

किया नेपालद्वारा ‘किया केथ्री सेल्टोस’ नेपाली बजारमा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २०:४३

काठमाडौं । नेपालका लागि किया गाडीको एकमात्र आधिकारिक वितरक कन्टिनेन्टल...

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित: नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ कोसेढुङ्गा 

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ०९:३१

  काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी...