CG Electronics
IME Life
NIMB

यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट” को घोषणा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं, नेपाल –  यामाहा नेपालले आफ्नो अधिकृत वितरक एम.ए.डब्लू. राइड्स प्रा. लि. मार्फत बहुप्रतिक्षित वार्षिक कार्यक्रम “यामाहा ब्लु फेस्ट” पुनः आयोजना गर्ने भएको छ। यो कार्यक्रम यहि चैत्र २९ देखि वैशाख ५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ। कार्यक्रमको पहिलो दिन विशेष उद्घाटन समारोहमा ब्रान्ड न्यू Yamaha FZ-S न्यू जेन: लिड द नेक्स्ट सार्वजनिक हुनेछ, जसले यस साताव्यापी इनोभेसन, प्रदर्शन र ग्राहक सहभागिताको उत्सवको सुखद सुरुवात गर्नेछ।

पूर्ण दुईपाङ्ग्रे अनुभव प्रदान गर्नेगरी डिजाइन गरिएको ब्लु फेस्टले मोटरसाइकल पारखी, आम मानिस तथा सम्भावित ग्राहकहरूलाई यामाहाका अपग्रेड गरिएका नयाँ हाइ-टेक मोटरसाइकल तथा स्कुटरहरू नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्नेछ। यस वर्ष “एक्सचेन्ज कार्निभल”को अनुभव पनि समावेश गरिएको छ, जसले ग्राहकहरूलाई सजिलो र विश्वसनीय रूपमा आफ्नो सवारी अपग्रेड गर्न थप सहज बनाउनेछ।

आगन्तुकहरूले आफ्ना हाल चढिरहेका मोटरसाइकल ल्याएर ५० भन्दा बढी व्यवसायिक रिकन्डिसन हाउसहरूको सहयोगमा अन-द-स्पट मूल्यांकन गराउन सक्नेछन्, जसले बजार अनुसार उत्कृष्ट मूल्य सुनिश्चित गर्नेछ। सहज एक्सचेन्ज विकल्पहरूसँगै ग्राहकहरूले ब्राण्ड न्यू यामाहा पनि एकदम छिटो किन्न सक्नेछन्।

ग्राहकहरूको पहुँच थप सहज बनाउन यामाहाले सरल र लचिलो फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ। ग्राहकहरूले नागरिकता मार्फत अन-द-स्पट फाइनान्स सुविधा लिन सक्नेछन्, साथै ४० महिनासम्म विस्तार हुने सस्तो ईएमआई योजनाको लाभ पनि उठाउन सक्नेछन्। खरिदकर्ताहरूले रु. ५ लाखसम्मको क्यासब्याक अफर पनि पाउनेछन्, जसले यो समयलाई यामाहा दुईपाङ्ग्रे सवारीमा लगानी गर्ने उत्कृष्ट अवसर बनाएको छ। साथै, नयाँ वर्षको ब्लु कोड अफर पनि कार्यक्रम अवधिभर लागू हुनेछ।

“यामाहा ब्लु फेस्ट इनोभेसन र नेपाली ग्राहकहरूसँगको हाम्रो सम्बन्धको उत्सव हो। यो ग्राहकहरूको लागि हाम्रो अपग्रेड गरिएको हाइ-टेक मोटरसाइकलको अनुभव लिने र यसलाई खरिद गरी नयाँ यात्राको सुरुवात गर्ने अवसर हो,” एम.ए.डब्लू राइड्स प्रा. लि. का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भन्नुभयो।

खरिद अनुभवका अलावा ब्लु फेस्टले जोशले भरिएको मनोरञ्जन र सहभागिताको अनुभव पनि प्रदान गर्नेछ। सहभागीहरूले रमाइलो स्टन्ट शो, टप राइडर, क्रिएटर र सेलिब्रिटीहरूसँग भेटघाट गर्ने मौका पाउनुका साथै आकर्षक कस्प्ले प्रस्तुति पनि हेर्न पाउनेछन्। कार्यक्रम अवधिभर आकर्षक डुअर प्राइज र निःशुल्क एसेसरीजहरू पनि उपलब्ध हुनेछन्।

वर्षौंदेखि यामाहा नेपालको ब्लु फेस्ट देशभरका दुईपाङ्ग्रे पारखीहरूका लागि प्रमुख आकर्षणको रूपमा स्थापित हुँदै आएको छ। यसले आकर्षक अफर र अविस्मरणीय अनुभवहरूलाई एकैसाथ ल्याउँदै आएको छ, र यस वर्षको संस्करणले अझ भव्य हुने अपेक्षा गरिएको छ।

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल...

वि.सं.२०८३ जेठ १७ आइतवार २२:४१

  नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले...

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो ५० ग्राहकलाई ४९.९९ लाखमै उपलब्ध

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...