CG Electronics
IME Life
NIMB

मन्त्री भएलगत्तै अमेरिका उड्दै महिलामन्त्री

NIMB
Himalayan Bank

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी मन्त्री भएर कार्यभार सम्हालेको तीन दिन नबित्दै अमेरिका उड्दैछिन् । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन् ।

सम्मेलनको ६८ औँ सत्रमा मन्त्री चौधरीले सम्बोधन गर्ने कार्यसूची छ । शनिबार मन्त्री चौधरीको नेतृत्वमा मन्त्रालयका सचिव सुमनराज अर्यालसहितको ७ सदस्यीय टोली सम्मेलनमा भाग लिन त्यसतर्फ जाँदैछन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री चौधरीको भ्रमण स्वीकृत गरेको थियो ।

सम्मेलनमा महिला आयोगबाट ३ जना पदाधिकारी र २ कर्मचारीसहित ५ जना, राष्ट्रिय योजना आयोगबाट महिला मामिला हेर्ने सदस्य, समाज कल्याण परिषदबाट २ जनासहित महिला अधिकारवादीहरु समेतको सहभागिता रहनेछ ।

मन्त्री चौधरीले आफू विदेश भ्रमणमा लालायित भएको नभएर अघिल्लो मन्त्रिपरिषद्बाटै कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम स्वीकृत भइसकेको अवस्थामा आफू त्यसतर्फ जान लागेको स्पष्ट पारेकी छिन् । मन्त्री चौधरीले बुधबारमात्रै मन्त्रालयमा कार्यभार सम्हालेकी हुन् । त्यसअघि सुरेन्द्रराज आचार्य सो मन्त्रालयमा मन्त्री थिए ।

तत्कालिन गठबन्धन सरकार नढलेको भए मन्त्री आचार्य नै सो कार्यक्रममा सहभागी हुने तय गरिएको थियो ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...