CG Electronics
IME Life
NIMB

आइसीसी अध्यक्ष बार्कलेले भने ‘नेपाली क्रिकेटलाई सघाउँछौं’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । आइसीसी अध्यक्ष ग्रेग बार्कलेले आफ्नो नेपाल भ्रमण अपेक्षाअनुसार राम्रो भएको बताएका छन् ।

काठमाडौंमा बुधबार साँझ पत्रकार सम्मेलनको गर्दै अध्यक्ष बार्कलेले नेपाल सरकार र खेलकुद परिषद् पदाधिकारी क्रिकेटको विकासका लागि सकारात्मक हुनु सुखद रहेको बताए ।

 

‘नेपालको छोटो अवधिको भ्रमण फलदायी रह्यो । यहाँको क्रिकेटको अवस्थालाई लिएर धेरै भेटघाट र बैठक गरियो । प्रधानमन्त्री, खेलकुद मन्त्री, खेलकुद परिषद् पदाधिकारीसँग भेटघाट भए । म सबैप्रति आभार व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘सबैजना क्रिकेटप्रति सकारात्मक पाएँ । नेपाली क्रिकेटको प्रगतिप्रति आशावादी हुन सकिन्छ ।’

 

नेपाली क्रिकेटलाई आइसीसीको निरन्तर सहयोग गरिरहेको उनले स्मरण गराए । ‘नेपालको क्रिकेटलाई आइसीसीले हेरिरहेकै छ । हामी कसरी नेपाली क्रिकेट अगाडि बढ्छ भन्नेमा सघाउँदै आइरहेकै छौं,’ उनले भने, ‘भविष्यमा पनि आइसीसीले गर्न सक्ने सहकार्यलाई निरन्तरता दिने नै छ ।’

 

त्यस्तै, पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइसीसी अध्यक्ष बार्कलेको नेपाल भ्रमणले आइसीसी नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्न इच्छुक रहेको पुष्टि भएको बताए ।

उनले भने, ‘आइसीसी अध्यक्ष नेपाल आएर नेपाली क्रिकेट जगतको विकासका लागि सकारात्मक रहेको सन्देश प्रवाह भएको छ । नेपाल सरकार क्यान पनि प्रेरित भएको छ । हामीमा खेलकुदका संरचनाको विकास र खेलाडीको क्षमता विकासका लागि ऊर्जा मिलेको छ ।’

 

अध्यक्ष बार्कलेले हिजो प्रधानमन्त्री पुष्पकमल दाहालसँगै खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेप सदस्यसचिव टंकलाल घिसिङसँग भेटघाट गरेका थिए । भेटमा प्रधानमन्त्री दाहालले क्रिकेटप्रति नेपाल आशावादी रहेकाले पूर्वाधारमा लगानी बढाएको जानकारी गराएका थिए ।

 

चारदिने औपचारिक भ्रमणमा नेपाल आएका आइसीसी अध्यक्ष बार्कले बिहीबार फर्किने कार्यसूची छ ।

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...