CG Electronics
IME Life
NIMB

निर्वाचन र राजनीतिक सम्बन्धी कानून ऐनमा समावेश गरौं : गृह मन्त्री लामिछाने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको शान्ति सुरक्षा, आचारसंहिता कार्यान्वयन र निर्वाचन कानुनबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेको छ ।

आइतबार निर्वाचन आयोगको कार्यालयमा गृहमन्त्री लामिछानेसँग प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितले उपनिर्वाचनमा सुरक्षा व्यवस्थाको प्रबन्ध र निर्वाचनसम्बन्धी कानूनबारे छलफल गरेको हो ।

छलफलपछि आयोगको कार्यालयबाट बाहिरिँदै गृहमन्त्री लामिछानेले निर्वाचनलाई सही ढंगले लिएर जाने विषयमा छलफल जानकारी दिए ।

उनले भने, ‘पछिल्लो निर्वाचन प्रणालीमा राजनीति विचलन देखिएको छ । जसका कारण प्रभाव परेको छ । यसलाई सुधार कसरी गर्न सकिन्छ भन्ने कुरामा अत्यन्त प्रभावकारी बनाउने कुरा निर्वाचन आयोगले राखेको छ ।’

निर्वाचन र राजनीतिक दलहरुसम्बन्धी कानूनहरू ऐनमा समावेश गर्न सकिए दलहरूको चरित्र र सरकारको काम कारबाहीका विषयमा कोसेढुंगा सावित हुने उनको भनाइ छ ।

उनले भने, ‘यदि हामीले राजनीतिक दलसम्बन्धी कानूनको कुरा र निर्वाचन आयोगसम्बन्धी कानूनको कुराहरूको व्यवस्था यदि कानूनमै गर्न सकियो भने निर्वाचनमा जुन अपेक्षा गरिएको छ ।

राजनीतिक दलहरूको चरित्रका विषयमा र त्यसबाट प्रेरित भएर सरकार कसरी अगाडि बढिरहेको भन्ने विषयमा यो एकदमै कोसेढुंगा सावित हुनेछ ।’
महत्वपूर्ण विषयमा निर्वाचन आयोगसँग छलफल भएको बताएका उनले यी विषयहरूलाई विधेयकमा समावेश गरि छिट्टै नै सदनमा लगिने बताए ।

आउँदो बैशाख १५ गते हुने बझाङ र इलामको उपनिर्वाचनलाई शान्त र मर्यादित रुपमा सम्पन्न गर्न गृह मन्त्रालय लागिपर्ने प्रतिवद्धता जनाए ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...