CG Electronics
IME Life
Ncell NPL

सुर्यज्योति लाइफको ‘कर्पोरेटमिट’ भव्य रुपमा सम्पन्न

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई सम्मानसहितको ‘कर्पोरेट मिट’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । गत शनिबार काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा आयोजित कर्पोरेट मिट कार्यक्रममा देशैभरिका कर्मचारी, सिईओ सहितका उच्च व्यवस्थापन तथा सञ्चालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

सुर्यज्योति लाइफले उत्कृष्ट कर्मचारीको रुपमा ‘उत्कृष्ट अतिरिक्त योगदानकर्ता कर्मचारी’ (बेष्ट इम्प्वाईमेन्ट एक्ट्रा माइल) को उपाधी राजिव डिसीले प्राप्त गरेका छन् । डिसीलाई ट्रफीसहित सम्मानित गरिएको हो । ‘कार्य सम्पादनमा उत्कृष्ट कर्मचारी’को उपाधीबाट सुरेशराज जोशीलाई सम्मान गरिएको छ । उनलाई ‘आईडिया इनटु एक्सन’ उत्कृष्ट कर्मचारी घोषणा गरिएको हो ।

कार्यक्रममा रमेश केसीलाई सिर्जना र नतिजामुखी कार्यमा उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको कम्पनीले जनाएको छ । कम्पनीको उत्कृष्ट विभागको रुपमा कर्पोरेट सेल्स मार्केटिङ विभाग उत्कृष्ट भएको छ । अर्चना केसीले पुरस्कार तथा ट्रफी ग्रहण गरेकी छिन् । सुर्यज्योति लाइफमा यस वर्षको उत्कृष्ट विभागको रुपमा कर्पोरेट मार्केटिङले जित्न सफल भएको छ ।
कम्पनीले बिजेता टिमका प्रमुख तथा कर्मचारीहरुलाई सिईओ प्रकाश बिक्रम खत्री तथा सञ्चालक समितिका सदस्यहरु हेमन्त नाहाटा र नमिता शर्माले नगद पुस्कार तथा ट्रफी हस्तान्तरण गरेका थिए ।

एक दिने कर्पोरेट मिट कार्यक्रममा सिईओ प्रकाश बिक्रम खत्रीले मन्तव्य दिँदै आव २०८०।८१ मा उल्लेख्य भूमिका निर्वाह गर्ने कर्मचारीहरु तथा अन्य सबै कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे । सिईओ खत्रीले सबै कर्मचारीहरुलाई आगामी दिनमा अझै नतिजामुखी र बीमितमैत्री सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । कार्यक्रममा डेपुटी सिईओ पवन खड्काले कर्पोरेट मिट कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए ।

सोही कार्यक्रमको अवसर पारेर कम्पनीले आफ्ना कर्मचारीहरुलाई कर्पोरेट संसार र आध्यात्मिक सम्बन्धबारे प्रशिक्षण दिएको छ । इसकन नेपालका सचिव रुपेश्वर गौर दासले आध्यात्मिक चेतना र कर्पोरेट क्षेत्रमा लागू गर्नुपर्ने विषयहरु तथा मानिसको जीवनमा अपनाउनुपर्ने केही टिप्सहरु प्रदान गरेर कर्मचारीहरुलाई उत्प्रेरणा प्रदान गरेका थिए ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...