CG Electronics
IME Life
NIMB

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ : गृहमन्त्री

NIMB
Himalayan Bank

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालको वर्तमान संविधान अहिलेसम्म कै असल संविधान भएको बताएका छन् ।

बुधबार संविधान कार्यान्वयनको वर्तमान अवस्था अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन ल्याएको भन्दै अहिलेसम्मको असल संविधान साबित भएको बताएका हुन् ।

उनले भने, ‘यो संविधान अहिलेको अवस्थामा असल मध्येको असल संविधान हो, हामीले एउटा असल संविधान बनायौं, यो संविधानमा केही कमीकमजोरी छैन भनेर भन्न सकिँदैन तर सबै कुरा ठिक छ भनेर पनि भन्न सकिन्न्, किन भने सम्पूर्ण केही पनि हुँदैन, सर्वगुण सम्पन्न केही पनि हुँदैन, जिव होस् या अमृत चिज होस् सम्पूर्ण गुण सम्पन्न हुँदैन तर यो संविधान असल मध्येको संविधान हो । हाम्रो नेपालको लामो संवैधानीक र राजनीतिक यात्राको अनुभवबाट यो संविधानको उत्पत्ती भएको हो ।’

यस्तै, उनले नेपालको संविधान कान्छो संविधान भएको भन्दै यसले तत्कालीन सबै राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको बताए ।

उनले भने, ‘२००४ सालदेखी प्रारम्भ भएर ६८ वर्षपछि हामी २०७२ सालमा पुग्यौं, यो बीचमा हामीले ६ वटा संविधानहरु बनायौं, एउटा अन्तरिम संविधान बाहेक अरु सबै ५ वटा संविधान कुनै न कुनै रुपमा कि त असफल भए कि त असफल पारिएँ, त्यो अनुभवको जगमा हामीले यो संविधानको निर्माण गर्यौ, हाम्रो संविधान कान्छो संविधान हो, संसारमा जति पनि बनेका संविधानहरु छन् त्यो मध्ये नेपालको संविधानले तत्कालीन सबै राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गर्यो ।’

साथै, उनले नेपालको संविधानले समावेशी चरित्रको राज्य निर्माण गर्ने आयाम सिर्जना गरेको बताए ।

उनले यो संविधानले संघिय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्थाको एउटा नयाँ आयाम सिर्जना गरेको बताए ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...