CG Electronics
IME Life
NIMB

इन्ड्राइभ आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले, १५ विधामा अवार्ड प्रदान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले ह्यात रिजेन्सी बौद्ध काठमाडौंको सुरू भएको छ । दिउँसो ३ बजेदेखि सुरू भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुम’ अवार्ड कार्यक्रममा विभिन्न १५ विधामा अवार्ड प्रदान हुँदैछ ।

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले प्रविधिको प्रयोगमार्फत पानसमा बत्ति बाल्दै कार्यक्रमको शुभारम्भ गरेका छन् । सन् २०१६ देखि लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, विगत ६ महिनादेखि छनौट प्रक्रिया र प्रिइभेन्टहरु सम्पन्न गर्दै ग्राण्ड फिनालेसम्म आइपुगेको छ । फिनालेमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित स्टार्टअप, प्रडक्ट, इन्नोभेसन, उद्यमी, प्रोफेसनल, संघ संस्था गरी विभिन्न १५ विधाहरूमा विजेताको घोषणासँगै अवार्ड वितरण हुनेछ ।

 

यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरुलाई प्रोभिन्सियल स्टार्टअप आइसिटी रिकग्निसन २०२४ बाट समेत सम्मान गरिनेछ । अवार्डमा दक्षिण एसियाली देशहरुलाई लक्षित गरिएको साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड सार्क राष्ट्रको सर्वोत्कृष्ट स्टार्टअपलाई प्रदान गरिने छ ।

प्रविधि क्षेत्रको विशेष उत्सवको रूपमा आयोजना हुने आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सञ्चारमन्त्रीसहित, प्रदेशका मुख्यमन्त्री, सांसद, पूर्व मन्त्री, उद्यमी, प्रोफेसनल, सरकारी उच्च अधिकारी, सीईओ लगायत स्वदेश तथा विदेशबाट करिब १ हजार विशिष्ट व्यक्तिहरूको सहभागीता रहेको छ । नवौं संस्करणको आइसिटी अवार्डको छनौटको लागि १४ जना स्वदेशी र ३ जना विदेशी विज्ञ जुरी समिती र १२ जनाको सल्लाहकार समिति गठन गरिएको थियो ।

यस वर्ष विभिन्न १४ विधा र रिकग्निसनमा खुल्ला गरिएको अनलाइन नोमिनेसनमा ८०० बढीको आवेदन प्राप्त भएको आयोजक समितिले जानकारी दिएको छ । अवार्ड वितरण हुने विधाहरुमा क्याटोगोरी ए अन्तर्गत स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन रहेका छन् ।

 

व्यक्तिगत अवार्ड विधाहरुमा प्रोफेसनल एक्सिलेन्स, आन्टरप्रेनर, नेपाली डायस्पोरा, पायोनियर र एनसेल वुमन आईकन आइसिटी अवार्ड रहेका छन । संस्थागत र कर्पोरेट अवार्ड विधाहरुमा डिजिटल एजुकेसन (पब्लिक सेक्टर), डिजिटल एजुकेसन (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन । क्याटोगोरी डी अन्तर्गत साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड रहेको छ ।

यस बाहेक क्याटोगोरी ए अन्तर्गत विधाका सेमिफाइनलिष्टहरू मध्येबाट सबैभन्दा बढी पब्लिक भोट ल्याउने स्टार्टअप, इन्नोभेसन वा प्रडक्टलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिने छ । ग्राण्ड फिनाले सातै प्रदेशमा स्टार्टअप मिटअप, बुटक्याम्प, मेन्टरिङ सेसन, काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट, ग्राण्ड जुरी सेसन, स्पीड डेटिङ, टेलिभिजन कार्यक्रम, पब्लिक भोटिङ र फिल्ड भिजिटजस्ता प्रकृयाहरु सञ्चालन गरिएको थियो ।

 

हरेक वर्ष आयोजना हुने अवार्ड कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा काम गर्न चाहने र गरिरहेकाहरूलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्दै आएको छ । साथै अवार्डमा प्रतिस्पर्धामा आएका स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरूले थप लगानी र बजार विस्तारको लागि अवसर समेत प्रदान गरिरहेको छ । अवार्ड विजेताले विभिन्न कम्पनीका अफरहरूसँगै ट्रफी र सम्मान प्राप्त गर्नेछन् भने एनसेल वुमन आइकन विजेतालाई ३ लाख रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिने छ । साथै कार्यक्रममा गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको सांगीतिक प्रस्तुति समेत रहने छ ।

 

ग्राण्ड फिनाले कार्यक्रमलाई सफल बनाउन इन्ड्राइभ, एनसेल, नेपालपे क्युआर, जेनस, जुम, स्मार्टन, द एशिया फाउन्डेसन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नास्ट, क्यान महासंघ, फोर्टिनेट, राष्ट्रिय वाणिज्य बैंक, हाम्रो पे, एमआईटी कलेज, नबिल बैंक, डिशहोम, सस्तो टिकेट्स, मेन्टरल्याब, हामो पात्रो, टेक्नोरियो, सिटी एक्सप्रेस, ब्रोडवे इन्फोसिस, कान्तिपुर टिभी, रूटिन अफ नेपाल बन्द, टेकस्पायर कलेज, एम्बिसन गुरू, आकाश टेल लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाहरूको सहयोग र सहकार्य रहेको छ ।

 

एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा खानेपानी ट्यांकी र मोटर सहयोग हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा खानेपानी ट्यांकी...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:२३

  काठमाडौँ । एनआई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:०४

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२...

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी तालिम सम्पन्न

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:५०

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरूका लागि सम्पत्ति...

मिस नेपालसँग डिनर गर्ने अवसर: काजरिया रमेश टाइल्सद्वारा ‘डाइन विथ द डिभाज’ अभियान घोषणा

मिस नेपालसँग डिनर गर्ने अवसर: काजरिया रमेश...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:३५

काठमाडौँ । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य...

दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रीका ब्राण्ड एम्बेसडर नियुक्त, ‘भोल्टेक्स’ सिरिज सार्वजनिक

दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रीका ब्राण्ड एम्बेसडर...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:२८

  काठमाडौँ । नेपालको अग्रणी ब्याट्री उत्पादक एशियन ब्याट्री लिमिटेड...

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...