CG Electronics
IME Life
NIMB

त्रिविको स्नातकोत्तरमा भ्रष्टाचार निवारण अध्ययन विषय समावेश

NIMB
Himalayan Bank

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले देशमा बढ्दो नीतिगत भ्रष्टाचारसँग जुध्न सक्ने खालको जनशक्ति उत्पादनको काम थालेको छ।

यसको लागि विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको सुशासन तथा भ्रष्टाचार निवारण अध्ययनमा नीतिगत भ्रष्टाचारसँग सम्बन्धित विषयहरु थपिएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यक्रम संयोजक डा. दिपक बहादुर अधिकारीले भने, ‘नयाँ विषय थपिएसँगै सुशासन तथा भ्रष्टाचार निवारण अध्ययनको नाम पनि परिवर्तन गरी सार्वजनिक नीति सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन बनाएको छ। यो कार्यक्रमले नीतिगत भ्रष्टाचारको विषयमा केन्द्रित भएर सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिनेछ।’

भ्रष्टाचारले असर नगर्ने खालका नीति निर्माणमा यो कोर्सले सहयोग गर्नेछ। कार्यक्रममा धारणा राख्दै त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका पूर्वसहायक डिन प्राडा. तारा प्रसाद भुसालले यो कार्यक्रम नेपालको अहिलेको आवश्यकताले निर्माण गरेको बताए।

विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा सञ्चालन हुने यो कार्यक्रम अहिले स्नातकोत्तरस्तरको हो। यसलाई क्रमिक रुपमा तल्लो तहमा झार्दै जाने सोच रहेको पूर्वसहायक डिन भुसाललले बताए।

उनले भने, ‘यो कार्यक्रमको लक्ष्य सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचारविरोधी ज्ञान तथा सीपको दायरा बढाउन विशेष ध्यान दिने हो। आर्थिक विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको भ्रष्टाचारसँग लड्नसक्ने जनशक्ति तयार पार्नु हो।’

यस कार्यक्रमले विद्यार्थीहरुलाई सुशासन, सार्वजनिक नीति निर्माण, कार्यान्वयन र मूल्यांकनमा दक्ष बनाउँदै सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।

यसमा समावेश पाठ्यक्रमले सुशासन, भ्रष्टाचार र सार्वजनिक प्रशासनका जटिल चुनौतीहरुको सामना गर्ने सक्षम मानस संसाधनको विकास गर्ने सोच रहेको संयोजक अधिकारीले बताए।

स्नातक गरेका विद्यार्थीहरुले भर्ना हुन सक्ने यो कार्यक्रम ४ सेमेस्टरको छ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...