CG Electronics
Ncell NPL
NIMB

ग्यास्ट्रिक बाट मुक्त हुन यसो गर्नुस

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

ग्याष्ट्रिकको समस्या आमनेपालीका लागि नौलो होइन । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि समस्याले अधिकांशलाई सताइरहेको हुन्छ । वाकवाकी लाग्ने, वान्ता हुने, डकार आइरहने, वान्ता हुने, छाती चस्कने, खाना नपच्नेलगायत लक्षण ग्याष्ट्रिकका हुन् । साथै, तौल कम हुने, छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, भोक नलाग्ने, मुख गन्हाउने, पेट भारी हुने, अपान वायु बढ्ने, पेट फुल्ने लक्षण पनि ग्याग्ट्रिक हुँदा देखिन्छ । ग्याष्ट्रिक खानपान र जीवनशैलीमा ध्यान नदिँदा हुने समस्या हो । यो त्यति ठूलो रोग नभए पनि बेवास्ता गरेमा पछि आन्द्रामा घाउ भएर अल्सरको जोखीमसमेत हुन सक्छ । ग्याष्ट्रिकको उपचारका लागि ठूलो अस्पताल जानैपर्छ भन्ने छैन । गाउँघरमै उपलब्ध हुने प्राकृतिक मसला, जडीबुटी आदिको सेवनले यो समस्या न्यूनीकरण गर्न सकिन्छ, जसबारे यहाँ चर्चा गरिएको छ :

बेसारको पात
बेसारको पातलाई ग्याष्ट्रिकको सबैभन्दा राम्रो औषधि मानिन्छ । दिनको एक ग्लास दूधमा टुक्रा पारेको बेसारको पात मिसाएर दिनहुँ पिउने गरे यो समस्या कम हुन्छ ।

अम्बाको पात
एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् । यसलाई दिनहुँ पिउँदा ग्याष्ट्रिक निवारण गर्न सकिन्छ ।

आलुको जुस
आलुलाई सफा गर्नुहोस् र त्यसपछि बोक्रा हटाई चप गरेर पानीमा उमाल्नुहोस् । यसलाई दिनको एक ग्लास खानाअघि पिउनुहोस् । यसो गर्दै जाँदा ग्याष्ट्रिक कम हुँदै जान्छ ।

अदुवा
ग्याष्ट्रिकको समस्या कम गर्ने अर्काे राम्रो औषधि हो अदुवा । यसको सेवनले खाना पचाउन पनि मद्दत पुग्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउने गर्नाले ग्याष्ट्रिकले सताउँदैन । अदुवाको धूलो र वीरेनून हिङपानीमा मिसाएर खाने गरे ग्याष्ट्रिकको समस्या झनै छिटो समाधान हुन्छ ।

बेकिङ सोडा
बेकिङ सोडामा धेरै मात्रामा एण्टासिड हुने भएकाले ग्याष्ट्रिकको समस्या हटाउन मद्दत गर्छ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुहोस् र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् । ग्याष्ट्रिकको समस्याबाट मुक्ति पाउनुहुनेछ ।

दालचिनी
तातेको दूधमा आधा चम्चा दालचिनीको धूलो र मह अलिकति राखेर मिसाउनुहोस् । यसको सेवन राति सुत्नुअगाडि गर्नुहोस् । यसले ग्याष्ट्रिकको समस्या हटाउन सकिन्छ ।

हिङ
हिङमा पानी मिसाई यसको पेष्ट बनाउनुहोस् । यसलाई पेटमा केही बेर राख्नुहोस् । दैनिक यस्तो गर्नाले ग्याष्ट्रिकको समस्या हुन पाउँदैन ।

जीरा
एक ग्लास तातो पानीमा एक चम्चा जीराको दाना राखेर उमाल्नुहोस् । केही समयसम्म यसलाई ढाकेर राख्नुहोस् । त्यसपछि यसको सेवन गर्नुहोस् । ग्याष्ट्रिक रोगमा यो पनि राम्रो उपचार विधि हो ।

लसुन
दुई/तीनओटा लसुनलाई आगोमा पोल्नुहोस् । त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिसनु, जीराको धूलो, जीराको गेडालाई पानीमा राखेर उमाल्नुहोस् । यसको नियमित सेवनले ग्याष्ट्रिक रोगमा फाइदा पुग्छ ।

सुप
सुपलाई पनि एक प्रकारको औषधिकै रूपमा लिन सकिन्छ । पानीमा सुपको दाना राखी उमाल्नुहोस् । यसलाई सेलाएपछि खाने गर्नाले यो समस्याबाट छूटकारा मिल्छ ।

पुदिना
एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्नुहोस् । सेलाएपछि त्यसमा मह हालेर दिनको दुई र तीनपटक खानुहोस् । यसरी पनि ग्याष्ट्रिकको समस्या हटाउन सकिन्छ ।

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन,...

वि.सं.२०८२ चैत २७ शुक्रवार १९:३९

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा...

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण रुपमा निको भएका छन् : डा.अन्जली पण्डित

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण...

वि.सं.२०८२ चैत १८ बुधवार ०८:२२

काठमाडौं । नेपालमा प्रत्येक वर्ष करिब १४ देखि १५ सय...

अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न

अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा बृहत निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८२ पुस ६ आइतवार २३:२०

  काठमाडौँ, ६ पुस। अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०८२/०९/०६ को अवसरमा...

ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को मान्यता

ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को...

वि.सं.२०८२ कात्तिक ५ बुधवार १४:३१

काठमाडौं । नेपालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मस्तिष्कघात (स्ट्रोक) उपचार सेवामा...

काठमाडौं नेसनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा, निःशुल्क ओपिडी सेवा सुरु

काठमाडौं नेसनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः...

वि.सं.२०८२ साउन १७ शनिवार १२:२१

काठमाडौं । काठमाडौं नेसनल मेडिकल शिक्षण अस्पताल पुनः सञ्चालनमा ल्याइएको...

नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण, बुबालाई छोराको कलेजो दान

नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण, बुबालाई...

वि.सं.२०८२ जेठ २९ बिहीवार १३:४८

  काठमाडौं । नेपाल मेडिसिटीमा पहिलोपटक सफस कलेजो प्रत्यारोपण गरिएको...