IME Life
NIMB

लोकगायक कुमार बस्नेत सांगीतिक प्रस्तुतिका लागि अष्ट्रेलिया को तयारीम

NIMB
Himalayan Bank

 

१२ जेठ, काठमाण्डौँ-   प्रसिद्ध लोकगायक कुमार बस्नेत सांगीतिक प्रस्तुतिका लागि अष्ट्रेलिया आउने भएका छन् । पहिलोपटक अष्ट्रेलिया आउन लागेका लोकगायक बस्नेतले यही जुनको पहिलो साता सिड्नीमा आफ्नो सांगितिक प्रस्तुती दिने भएका छन् ।

झापाली समाज अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रम अन्य सांगीतिक कार्यक्रमभन्दा फरक बनाउने उद्देश्यले लोकगायक कुमार बस्नेतलाई आमन्त्रण गरिएको बताइएको छ । अष्ट्रेलियामा पप, आधुनिक गीतका गायकगायिकाहरु बोलाएर सांगितिक कार्यक्रम हुँदै आएकोमा पहिलोपट सम्पूर्ण रुपले लोकसंगीतमा समर्पित यो पहिलो कार्यक्रम हुने आयोजकले दाबी गरेको छ ।
सिड्नीको मराना अडिटोरियमा जुनको ३ तारिखमा आयोजना हुन लागेको यस कार्यक्रममा नेपाली लोकगायनको क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप सम्मान समेत गरिने आयोजकले बताएको छ । विगत लामो समयदेखि लोकगायनमा समर्पित गायक बस्नेत नेपाली लोकक्षेत्रमा अग्रज र हस्ती मानिन्छन् ।

अहिले भइरहेका सांगितिक कार्यक्रमहरुभन्दा पृथकता दिने उद्देश्यले नेपाली लोकक्षेत्रका अगुवालाई कार्यक्रमका लागि आमन्त्र गरिएको आयोजक संस्थाका अध्यक्ष दीपक खनालले बताए । सुमधुर सांगितिक साँझ नाम दिइएको कार्यक्रममा यहाँ रहेर संगीत क्षेत्रमा लागिपरेका युवाहरुले समेत प्रस्तुतिमार्फत सहयोग पुर्‍याउनेछन् ।

आयोजकले कार्यक्रमबाट उठेको रकम झापा जिल्लाको शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा खर्च गरिने समेत बताएको छ ।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...