CG Electronics
IME Life
NIMB

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनौट हुनका लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट छनौट हुनु भएका १०० जना एमडिआरटी अभिकर्ताहरुलाई भव्य समारोहका बिच सम्मान गरेको छ ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरु शुरु गरेको र यसबाट अभिकर्ताहरु उत्साही भएको बताउनु भयो ।

 

वहाँले अभिकर्ता संंजालको व्यवसायिकरणलाई सँधै उच्च स्थानमा राख्दै विविध मासिक र बार्षिक प्रोत्साहन योजना पेश गर्दै आएकोमा आगामी दिनहरुमा पनि कम्पनीले यसमा यथासंभव लगानी गरिरहने जानकारी गराउनु भयो ।

जीवन बीमा व्यवसाय दिन प्रतिदिन व्यवसायिक हुँदै गईरहेको परिप्रेक्षमा कम्पनीले आफ्नो तर्फबाट सकभर प्रयास गरी विगत केही बर्ष देखी कम्पनीले उच्च बोनसदर प्रदान गर्दै आएकोले अभिकर्ताहरुलाई व्यवसायमा सहज भैरहेको बताउनु हुँदै एमडिआरटी २०२५ मा तोकिएको करिब ४७ लाख देखी ३ करोड सम्मको बीमाशुल्क संकलन गरी ९४ जनाले एमडिआरटी ३ जनाले सिओटी र २ जनाले टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै १०० जना अभिकर्ताहरुलाई विशेष सम्मान गर्नुभएको थियो साथै निरन्तर ५१ दिन सम्म ५१ बीमालेख जारी गर्न सफल एमडिआरटी अभिकर्ता रुपक पराजुली र सबै भन्दा बढि एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल कलंकी शाखालाई पनि सम्मान गर्नु भएको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूले पानसमा द्धिप प्रज्वलन गर्नुहुँदै शुभारम्भ गरिएको सो कार्यक्रममा सहभागि हुनु भएका प्रदेश प्रमुख, शाखा प्रमुख लगायत मार्केटिङ कर्मचारी र अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजय कुमार झाले जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गर्नु भएको थियो ।

विभागिय प्रमख, प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरुको समेत उपस्थिती रहेको सो भव्य समारोहमा विभिन्न मनोरन्जानात्मक प्रस्तुती, उपलब्धिमूलक उत्प्रेरक तालिम र उच्चस्तरको सम्मान कार्यक्रममा सम्मानित भई प्रमुख कार्यकारी अधिकृतज्यूबाट सम्मान ग्रहण गर्न पाउँदा आफहरुले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागिेको सम्मानित बिजनेश लिडरहरुले बताउनु भएको थियो ।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...