CG Electronics
IME Life
NIMB

समाज डेन्टल अस्पतालको सहयोगमा निशुल्क दन्त शिविर सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित तेज बिनायक मा.वि. मा समाज डेन्टल अस्पताल, पेप्सिकोलाको सहयोगमा निशुल्क दन्त शिविर सम्पन्न भएको छ। शिविरमा करिब ८०० विद्यार्थीले निशुल्क दन्त परीक्षण गराएका छन्।

समाज डेन्टल अस्पताल, पेप्सिकोलाकी प्रमुख एलिना दाहालले समाज डेन्टलको समाजिक उत्तरदायित्व अन्तर्गत यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरिएको बताउँदै, बालबालिकाहरूको दन्त स्वास्थ्यप्रति अभिभावकहरूले बढी ध्यान दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरिन ।

नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्यूका तालिम दल अध्यक्ष बिदुर गिरीले समाजप्रति आफ्नो कर्तव्य पूरा गर्ने क्रममा यस्तो शिविर आयोजना गरिएको बताए। उनले विद्यार्थीहरूलाई बाल्यकालदेखि नै दन्त स्वास्थ्यप्रति सचेत गराउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

यसैगरी, विद्यालयमा कार्यरत स्काउटर कुशल कार्कीले यस्तो शिविर आयोजना गर्न पाउँदा खुसी व्यक्त गर्दै, समस्याको पहिचान गर्नु भनेको विद्यार्थीहरूलाई थप उपचारमा सहायता पुग्ने बाटो खोल्नु हो भन्ने धारणा राखे।

बिद्यालयका प्राचार्य ओम कुमार श्रेष्ठले अभिभावकहरूले आफ्ना सन्तानलाई बिरामी परेपछि मात्र अस्पताल लैजाने प्रवृत्तिलाई परिवर्तन गर्नुपर्ने धारणा राखे। उनले आँखा, दाँत र कानजस्ता स्वास्थ्य समस्यालाई बेलैमा जाँच गराउनुपर्नेमा जोड दिँदै, विद्यालयका धेरै विद्यार्थीमा दन्त समस्या देखिएकाले यस्तो शिविरले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

शिविरमा सहभागी विद्यार्थीहरूले निशुल्क सेवा, ब्रश, मन्जन लगायतका सामग्री प्राप्त गरेका थिए। अभिभावक तथा विद्यालय प्रशासनले पनि आगामी दिनमा यस्ता कार्यक्रम पुनः सञ्चालन गरिने अपेक्षा राख्दै नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्यू तथा समाज डेन्टल अस्पताललाई धन्यवाद दिएका छन्।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...