CG Electronics
Ncell NPL
NIMB

बार एसोसिएसन निर्वाचन : दुई वर्ष नवीकरण नगरेका करिब २१ सयको समेत नाम परे पछि नामावलीमा विवाद

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा विधानविपरितका व्यक्तिले मत हाल्न सकिने गरी नाम गए पछि विवाद देखिएको छ । बारको विधानमा लगातार दुई आर्थिक वर्षदेखि सदस्य रहि हरेक वर्ष नवीकरण गरेकाबाट हुनुपर्ने व्यवस्था प्रष्ट भए पनि निर्वाचन समितिले सार्वजनिक गरेको ११ हजार ७ सय ७२ जनाको प्रथम नामावलीमा २१ सय बढी दुई वर्षदेखि नवीकरण नगरेका छन् ।
तर, उजुरी परेका व्यक्तिको नाममा मात्र अनुसन्धान हुने निर्वाचन समितिले बताए पछि विवाद देखिएको छ ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले बारले २ वर्ष नवीकरण नगरेकाको नाम दिने विषय कल्पना गर्न नसकिने भन्दै उजुरी आएकाको हकमा मात्र हेरिने बताए । उजुरी परेकाको हेर्छौं, उनले भने, सबैको ढड्टा पल्टाएर हेर्न सम्भव हुँदैन ।
तर, एमाले निकट कानुन व्यवसायीहरुको संस्था पिटिएलएले आफ्ना सदस्यविरुद्ध उजुरी दिएको र त्यसमा मात्र निर्वाचन समितिले अनुसन्धान गरेर डिएलएका मतदाता हटाउने प्रपञ्च गर्न खोजिएको भन्दै डिएलएपक्षीय अधिवक्ताहरुले विरोध जनाएका छन् ।
विधान मिचेर हाम्रा मतदाता मात्र हटाउने हो भने निर्वाचन हुन दिइन्न, एक वरिष्ठ अधिवक्ताले भने, सबैका हकमा अनुसन्धान हुने हो भने मान्छौं । डिएलएले यसविरुद्ध भोलि बिहान १० बजेबाट निर्वाचन समितिको कार्यालय घेराउ र तालाबन्दी गर्ने चेतावनी दिएको छ ।

बार अधिवेशनमा कानुन व्यवसायी परिषदको अद्यावधिकता विगतमा खोजिए पनि यसपाली खोज्ने नखोज्नेमा अन्यौलता छ । डिएलएले सबैका हकमा समान व्यवस्था हुनुपर्ने तर उजुरी गरेकाको हकमा मात्र कारबाही हुने अवस्था आए विरोध गर्ने बताए पछि अहिले बार अधिवेशन विवाद सतहमा आएको छ । मंगलबार ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने बारको तालिका छ ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...