CG Electronics
IME Life
NIMB

कुलेश्वरस्थित डिपोमा विश्व प्लम्बर दिवसको धूमधाम मनाइयो

NIMB
Himalayan Bank

 

काठमाडौं, कुलेश्वरस्थित आफ्नो डिपो कार्यालयमा पञ्चकन्या समूहले विश्व प्लम्बर दिवसको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य विश्वभर सेवा प्रदान गरिरहेका प्लम्बरहरूको अमूल्य योगदानलाई सम्मान गर्नु रहेको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरू, स्थानीय नेतृत्व, तथा प्लम्बिङ समुदायका अग्रणी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। जिफन्ट नेपालका प्रतिनिधि, बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, नुवाकोट प्लम्बर संघका अध्यक्ष विजय कुमार मगर, भक्तपुर नगर समितिका सदस्य बालकृष्ण खैजु, बालाजु स्कूल अफ इन्जिनियरिङका सेनेटरी विभाग प्रमुख माधव प्रसाद अधिकारी, तथा वरिष्ठ प्राविधिक गोकुल दंगाल लगायतका व्यक्तिहरूले कार्यक्रमलाई गरिमामय बनाएका थिए।

वक्ताहरूले प्लम्बरहरूले समाजमा निर्वाह गर्ने महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै, यस पेशाको मान्यता बढाउन आवश्यक रहेको बताए। उनीहरूले प्लम्बिङ क्षेत्रमा सेवा प्रदान गर्ने व्यक्तिहरूको योगदानलाई राष्ट्रिय विकासको लागि अत्यावश्यक बताए।

कार्यक्रमको अवधिमा पञ्चकन्या समूहले यस क्षेत्रमा सेवा प्रदान गरिरहेका डिलर, ग्राहक, तथा प्लम्बरहरूलाई कृतज्ञताको प्रतीकको रूपमा उपहार वितरण गरेको थियो। यसले प्लम्बिङ उद्योगमा लागि रहेका व्यक्तिहरूको मनोबल बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।

पञ्चकन्या समूहले यस कार्यक्रममार्फत प्लम्बिङ सेवालाई प्रवद्र्धन गर्ने, देशको लागि सुरक्षित र भरपर्दो पूर्वाधार सुनिश्चित गर्न प्लम्बरहरूको भूमिकालाई स्वीकार गर्ने र सम्मान गर्ने आफ्नो प्रतिबद्धता पनि जनाएको छ।

यस कार्यक्रमले प्लम्बरहरूको समर्पण र योगदानलाई मान्यता दिने एक महत्वपूर्ण पहलको रूपमा चिन्हित भएको छ।

 

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...