CG Electronics
IME Life
NIMB

बैतडीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैतडी जिल्लाको दशरथचन्द नगरपालिका-१ स्थित मणिलेक माविमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी, तथा अन्य आम नागरिकहरूलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरिएको छ।

बैंक बैतडी शाखाका प्रबन्धक गोविन्द विष्टको नेतृत्वमा आयोजित यस कार्यक्रममा बचतको महत्व, पैसाको सदुपयोग, अनावश्यक लगानीबाट टाढा रहने, कर्जा लिँदा ध्यान दिनुपर्ने पक्षहरू, ऋण नतिर्दा हुने नकारात्मक प्रभाव, रेमिट्यान्स सही तरिकाले पठाउने, हुन्डीबाट टाढा रहने, डिजिटल बैंकिङको उपयोग, तथा सामाजिक सञ्जाल र अनलाइन ठगीबाट बच्ने उपायहरूबारे विस्तृत जानकारी दिइएको छ।

यस कार्यक्रमको आयोजना नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बैतडी शाखा र सतबाँझ शाखाको संयुक्त प्रयासमा गरिएको हो। कार्यक्रममा सहभागीहरूलाई वित्तीय साक्षरताको महत्वबारे जागरूक गराउनुका साथै बैंकिङ सेवाहरूबारे पनि जानकारी दिइएको छ।

बैंकले यस्ता कार्यक्रमहरू मार्फत आम नागरिकहरूलाई वित्तीय रूपमा सशक्त बनाउने र दैनिक जीवनमा वित्तीय सुरक्षाको महत्वबारे जानकारी दिने प्रतिबद्धता जनाएको छ।

 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...