CG Electronics
IME Life
NIMB

बारबरा फाउण्डेसनद्वारा खोजमूलक पत्रकारिता पुरस्कार–२०८२ आह्वान

NIMB
Himalayan Bank

काठमाडौँ । बारबरा फाउन्डेसनबाट प्रदान गरिने पत्रकारिता पुरस्कार–२०८२ का लागि इच्छुक व्यक्तिलाई आह्वान गरिएको छ।

पत्रकारिता जगतले गर्ने अनुसन्धानमूलक पत्रकारिताले सुशासनको खोजी र कानूनको शासनको थिती बसाल्न पुर्याउँदै आएको योगदान सर्वविदितै भएकाले उक्त पुरस्कारका लागि आह्वान गरिएको फाउन्डेसनद्वारा जारी सूचनामा जनाइएको छ ।

सोही कुरालाई ध्यानमा राखेर यो विशिष्ट पुरस्कारको थालनी गरिएको फाउन्डेसनको भनाइ छ ।

उक्त पुरस्कारका लागि समावेश लेख रचना नेपालको सामाजिक, आर्थिक वा राज्य संयन्त्रमा परिवर्तन ल्याउन सक्ने वा आफूले गरेको खोजमूलक अनुसन्धानको लेखमार्फत प्रभाव देखाउन सक्ने स्तरको सोध/खोजलाई विशेष प्राथमिकता दिएर तयार गरेको सामग्री हुनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिस्तर्धामा उक्त सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडिया वा डिजिटल पोर्टलमा प्रकाशित/प्रसारित भएको हुनुपर्ने फाउन्डेसनले जनाएको छ ।

उक्त लेख रचनाहरू बारेको आवेदन जोजस्ले दिए पनि (प्रकाशक, पत्रकार, दर्शक, श्रोता वा पाठक) माझ स्वीकार्य भएको हुनुपर्ने तथा आवेदकले आफ्नो लेख रचना समावेश गर्दा लेखकको व्यक्तिगत परिचय स्पष्ट रुपमा खुलाएर आवेदन दिन सक्ने सूचनामा भनिएको छ ।

यसै वर्ष बैशाख २०८१ देखि चैत २०८१ सम्म (१२ महिना) भित्र प्रकाशन/प्रसारणमा भइसकेका अनुसन्धानमूलक समाचार/सामग्रीले प्रतिस्तर्धामा सहभागी हुन पाउने सूचनामा जनाइएको छ ।

बारबरा फाउन्डेसन, बालुवाटार, काठमाडौँको पोष्ट बक्स नम्बरः १९८५५ फोनः ९८४३७७३८१७ तथा इमेलः

award.barbarafoundation@gmail.com मा सम्पर्क गर्न सकिने जनाइको छ।

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...