CG Electronics
IME Life
NIMB

नेपाल लाइफ इन्स्योरेन्सलाई “श्रेष्ठ जीवन बीमा कम्पनी” अवार्ड

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपालको सबैभन्दा विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड “श्रेष्ठ जीवन बीमा कम्पनी” अवार्डबाट सम्मानित भएको छ। कर्पोरेट खबरद्वारा आयोजित १७औं कर्पोरेट बिजनेस अवार्ड्स २०२५ मा नेपाल लाइफले लाइफ इन्स्योरेन्स विधामा उत्कृष्ट प्रदर्शन गर्दै यो प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएको हो।

काठमाडौंमा आयोजित भव्य समारोहमा नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले अवार्ड ग्रहण गर्नु भएको थियो।

नेपाल लाइफलाई यो अवार्ड वित्तीय विवरण, सूचांक, सुशासन, दावी भुक्तानी अनुपात, चुक्ता पुँजी, प्रथम बीमा शुल्क आर्जन, मानव संसाधनमा लगानी, लगानी विविधिकरण, संस्थागत सामाजिक उत्तरदायित्वलगायतका मापदण्डमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदान गरिएको हो।

कम्पनीको कार्यकुशलता, पारदर्शिता, सेवाको पहुँच, ग्राहक विश्वास र लोकप्रियता समेतले कम्पनीलाई यो सम्मान दिलाउन मुख्य भूमिका खेलेको आयोजकले जनाएका छन्।

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले यस अवार्डले कम्पनीको सेवा तथा योगदानको औपचारिक मान्यता भएको भन्दै संचालक समिति, कर्मचारी, अभिकर्ता, नियामक निकाय, शेयरधनी तथा ग्राहकप्रति आभार प्रकट गर्नुभयो। साथै, उहाँले बीमा सचेतना अभिवृद्धि गरी नेपाली समाजमा जीवन बीमाको पहुँच विस्तार गर्ने अभियानमा अझ सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल लाइफले भविष्यमा पनि समावेशी र आधुनिक बीमा सेवा प्रदान गर्दै समाजमा दीर्घकालीन प्रभाव पार्ने योजनाका साथ अघि बढ्ने स्पष्ट संकेत दिएको छ।

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...