CG Electronics
IME Life
NIMB

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएका सडक आश्रित व्यक्तिहरूलाई १८ दिनसम्म भोजन वितरण गरेको छ । चैत्र २० गतेदेखि वैशाख ६ गतेसम्म १८ दिन चलाइएको यस अभियानमा काठमाडौंका विभिन्न स्थानमा आश्रय लिएका करिब १ हजार ९०० जनाले लाभ प्राप्त गरेका छन् ।

भोटु:इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा सञ्चालन गरिएको भोजन कार्यक्रम जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल र गौशालालगायत क्षेत्रहरूमा केन्द्रित थियो । नदी किनार, सडक छेउ र पुलमुनि वस्ने घरबारविहीन व्यक्तिहरूलाई लक्षित गरी दैनिक भोजन वितरण गरिएको बैंकले जनाएको छ ।

यसै क्रममा, बैंकले चैत्र २ गतेदेखि वैशाख ५ गतेसम्म सातै प्रदेशका विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गर्यो । शिविरहरू कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको जीतपुर र हस्पिटल लाइन, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु, र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा आयोजित भएका थिए । ती शिविरहरूबाट करिब १,७०० जना बिरामीहरूले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

 

 

बैंकले आफ्नो प्रत्येक वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्वका माध्यमबाट बैंकले आगामी दिनहरूमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

 

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा...

वि.सं.२०८३ असार १ सोमवार २३:१७

  काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप...

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच...

वि.सं.२०८३ असार १ सोमवार २३:१४

  काठमाडौं । नाडातर्फबाट अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ...

वि.सं.२०८३ असार १ सोमवार २३:०९

  काठमाण्डौ — नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता...