CG Electronics
IME Life
NIMB

गुणाकरको राजीनापछि राष्ट्र बैंकमा अन्योल, सक्षम नेतृत्वको खाँचो तीव्र

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

गर्भनरमा जुनियरको ‘ईन्ट्री’ हुने डरले नेपाल राष्ट्र बैंकका अधिकारीहरु संशकित भएका छन्। तल्लो तहको कर्मचारीको ‘अण्डर’ मा बस्नुपर्ने हो कि भनि उनीहरु डराएको अवस्था छ। गर्भनर बन्नका निम्ति कार्यकारी निर्देशक गुणाकर भट्टले पदबाट राजीनामा दिइसकेका छन्। आफ्नो नाम पक्कापक्की भएपछि उनले हिजो पद छोडेका हुन्।

तर, डेपुटी गर्भनर निलम ढुंगाना तिम्सिनाले उनको राजीनामा स्वीकृत गरेकी छैनन्। राजीनामाको विषयमै छलफल गर्न भोलि राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्दैछ। राष्ट्र बैंक एउटा संवैधानिक निकाय हो। बैंक राजनीतिक हस्तक्षेपमुक्त हुन आवश्यक छ। गर्भनर बन्ने व्यक्ति स्वतन्त्र, मुलुकको अर्थतन्त्रको विषयमा जानकार, बजेट र वित्तिय प्रणालीमा दख्खल हुनुपर्छ।

यतिबेला मुलुक गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ। मुलुकको अर्थतन्त्रमाथि मडारिएको कालो बादललाई हटाउन सक्ने गर्भनरको खाँचो छ। सत्तामा रहेका राजनीतिक पार्टीहरुले आफ्नो मान्छे घुसाउनेभन्दा पनि काम गर्न सक्ने व्यक्तिलाई गर्भनर पदमा नियुक्त गर्नुपर्छ। राष्ट्रपति कार्यालयमा रहेका सचिव डा रामप्रसाद घिमिरे अर्थतन्त्रको विषयमा राम्रो जानकारी राख्छन्।

उनले अर्थसचिव र राजश्व सचिव भएर अर्थ मन्त्रालयमा २६ महिना काम गरेका छन्। शाखा अधिकृतदेखि सहसचिवसम्म उनले अर्थमै बिताएका छन्। अर्थतन्त्रलाई कसरी मजबुत बनाउने, ग्रे लिष्टबाट मुलुकलाई कसरी बाहिर निकाल्नेलगायतका योजना उनीसँग छ। उनी मौद्रिक नीति र वित्तिय नीतिमाथि राम्रो अध्ययन गरेका हुन्। स्रोत भन्छ,‘उहाँलाई अर्थतन्त्रसम्बन्धी राम्रो ज्ञान छ। उहाँले काम गर्न पाउनुभयो भने आर्थिक क्षेत्रमा धेरै सुधार हुने निश्चित छ। तर, के गर्ने यहाँ राजनीतिक गर्भनर नियुक्ति हुन्छ। सरकारले व्यक्ति विशेषभन्दा पनि काम विशेष हेर्नुपर्ने हो।’

राष्ट्र बैंकभित्र एकले अर्कोलाई गन्दैनन्। सबै जना आफ्नो व्यक्तिगत स्वार्थमै ध्याउन्न छन्। अहिलेको आवश्यकता अनुभवी र योग्य गर्भनरको हो। ग्रे लिष्टबाट मुलुकलाई हटाउन राष्ट्र बैंक, अर्थ मन्त्रालय र अन्य सरकारी निकायबीच राम्रो समन्वय भएको मान्छे चाहिन्छ। त्यस्ता व्यक्ति नियुक्त भएमा मात्र राष्ट्र बैंक र मुलुकको अर्थतन्त्रले गति लिन सक्ने जानकारहरु बताउँछन्।

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...