Media and Marketing Smart Ideas Pvt. Ltd. Affiliate of Hamro Patro, Inc.
NIMB
TATA Banner

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित नयाँ ब्रान्डको उत्पादन सुरु

 

काठमाडौँ । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई फुड्स प्रा।लि।ले आफ्नो दोस्रो उत्पादन युनिट लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरी, रामनगरमा सञ्चालनमा ल्याएको छ।

बुधवार एक विशेष समारोहचि जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधिअनुसार पूजा गर्दै नयाँ युनिटको औपचारिक शुभारम्भ गरेका हुन्।

उद्योगको पहिलो युनिट मोरङको विराटनगरमा दुई दशकअघि स्थापना गरिएको थियो। सोही अनुभवका आधारमा कम्पनीले कपिलवस्तुमा आफ्नो दोस्रो उत्पादन केन्द्र स्थापना गरेको हो।

यस नयाँ युनिटबाट पनि कम्पनीका लोकप्रिय ब्रान्डहरू—‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’—सहित केही नयाँ चाउचाउ ब्रान्डहरूको उत्पादन सुरु गरिने जानकारी दिइएको छ। कम्पनीले यी उत्पादनहरू भारत लगायत तेस्रो मुलुकहरूमा निर्यात गर्दै आएको छ।

करिब अढाई बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा सुरुवाती चरणमा चाउचाउ उत्पादन गरिनेछ भने क्रमशः अन्य स्न्याक्स उत्पादन लाइनसमेत थपिने योजना छ। यस युनिटले लुम्बिनी प्रदेशमा रोजगारी तथा औद्योगिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन् : महानिरीक्षक खापुङ्ग

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्...

वि.सं.२०८२ असोज २४ शुक्रवार १६:३७

  काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री र...

पर्यटन क्षेत्रको आत्मबल बढाउन व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ : सीईओ जोशी

पर्यटन क्षेत्रको आत्मबल बढाउन व्यवसायीलाई सुरक्षाको प्रत्याभूति...

वि.सं.२०८२ असोज २४ शुक्रवार १६:३३

  काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

भदौं २४ को जेनजी आन्दोलनको घटनाबारे छानबीनगरी कारबाही गर्न कांग्रेसको माग

भदौं २४ को जेनजी आन्दोलनको घटनाबारे छानबीनगरी...

वि.सं.२०८२ असोज २३ बिहीवार १९:३०

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले भदौ २३, २४...

अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्न चेम्बरद्वारा अर्थमन्त्री खनाल समक्ष आग्रह

अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल...

वि.सं.२०८२ असोज २३ बिहीवार १९:२५

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रका विद्यमान समस्या...

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण विभागबाटै, कानुनी प्रक्रिया बाँकी

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण विभागबाटै, कानुनी...

वि.सं.२०८२ असोज २३ बिहीवार १८:५७

काठमाडौं । अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार...

देश चलाउने कुरा ख्यालठट्टा होइन : ओली

देश चलाउने कुरा ख्यालठट्टा होइन : ओली

वि.सं.२०८२ असोज २३ बिहीवार १६:०८

  काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...