CG Electronics
IME Life
NIMB

फ्युचर बैंकिङका लागि संरचनात्मक सुधार र डिजिटल प्रविधिमा लगानी अपरिहार्य : अनलराज भट्टराई

NIMB
Himalayan Bank

काठमाडौं, साउन ११ । नेपालको अर्थतन्त्र संवेदनशील मोडमा पुगेको सन्दर्भमा संरचनात्मक सुधार, नीति कार्यान्वयनको प्रभावकारिता, र डिजिटल प्रविधिमा आधारित भविष्यमुखी बैंकिङ प्रणाली अवलम्बन गर्न आवश्यक रहेको अर्थ विश्लेषक अनलराज भट्टराईले बताएका छन्।

इकोनोमिक मिडिया एसोसिएसन नेपाल ९इमान० ले आयोजना गरेको फ्युचर बैंकिङ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले वर्तमान आर्थिक अवस्थालाई विरोधाभासपूर्ण बताए। “ब्याजदर कम हुँदै गएको छ, तर कर्जाको मागमा सुधार देखिएको छैन, लगानीकर्ताको आत्मविश्वास कमजोर छ, तर ऋणीहरू ऋणको भारले थलिएका छन्,” उनले भने।

उनका अनुसार नेपालको अर्थतन्त्र सुस्त वृद्धि, औद्योगिक उत्पादकत्वमा कमी, निष्क्रिय कर्जाको वृद्धि, घट्दो उपभोक्ता खर्च र मुद्रा कमजोर हुँदै गएको जस्ता चुनौतीहरूमाझ छटपटिइरहेको छ। यस्तो अवस्थामा नेपालको वित्तीय प्रणालीलाई चुस्त, लचकदार र समसामयिक प्रविधिसँग सुसज्जित बनाउन जरुरी रहेको उनको भनाइ थियो।

भट्टराईले नियो बैंक ९ल्भय द्यबलप० को अवधारणालाई फ्युचर बैंकिङको सम्भावित मोडलका रूपमा प्रस्तुत गरे। उनले भने, “परम्परागत भौतिक शाखाको सट्टामा डिजिटल प्लेटफर्ममार्फत सेवा दिने नियो बैंकले वित्तीय पहुँच विस्तारमा योगदान दिन सक्छ।” यस्तै, डिजिटल सेवाको विकाससँगै भौतिक शाखा संख्यामा कमी ल्याउने प्रवृत्ति र बैंकिङ लाइसेन्स वितरणको मापदण्डमा पुनर्विचार गर्नुपर्ने आवश्यकतामाथि पनि उनले जोड दिए।

उनले नेपालको आर्थिक रूपान्तरणका लागि सातवटा आधारभूत प्रश्न उठाए – जसमध्ये नेपालको प्रतिस्पर्धात्मक क्षमता, निजी क्षेत्रको वृद्धिको वातावरण, व्यापारिक संस्कृतिको विकास, र विदेशी लगानी भित्र्याउने रणनीति जस्ता विषय प्रमुख थिए। यिनको उत्तरसँगै त्यसलाई व्यवहारमा उतार्न नीतिगत सुसंगतता र राजनीतिक इच्छाशक्ति आवश्यक रहेको उनको धारणा थियो।

उनले अगाडि भने, “नेपालसँग पर्याप्त प्राकृतिक स्रोत र सम्भावना छ, तर लगानीमैत्री वातावरणको अभाव, प्रशासनिक झन्झट, पुराना कानुन र अस्पष्ट नियमनले आर्थिक वृद्धि रोकिएको छ।” यस्तो अवस्था पार गर्न आपतकालीन आर्थिक योजना, राजस्व र खर्चको सन्तुलन, मौद्रिक नीतिको विवेकपूर्ण प्रयोग र सहकार्यपूर्ण शासन प्रणाली आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा उनले विद्युत, यातायात, सञ्चार, वित्त, स्वास्थ्य र खाद्य सेवा जस्ता क्षेत्रहरूमा देखिएको वृद्धि उत्साहजनक भएको उल्लेख गर्दै कृषि, शिक्षा र घरजग्गा क्षेत्रहरूको तुलनात्मक सुस्तताले समग्र अर्थतन्त्र सन्तुलनमा नरहेको बताए।

उनले अन्त्यमा भने, “हामी यस्तो पुस्ता बनौँ जसले सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न सक्छ। अब समय हो, निराशामाथि आशा रोज्ने र स्पष्ट सन्देश दिने – ‘नेपाल जिम्मेवार परिवर्तनका लागि तयार छ’।”

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...