Ncell NPL
NIMB
NMB Bank

नेपाल डम्पिङ साइट बन्न सक्दैनः मन्त्री भण्डारी

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल डम्पिङ साइट नभएको बताएका छन् ।

मंगलबार ३१ औं कार्गो डे को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको बजार सबैको बजार बन्ने तर नेपालको बजार बन्ने कुरामा समस्या आउने भन्दै नेपाल डम्पिङ साइट नभएको बताए ।

उनले भने, ‘हाम्रो बजार सबैको बजार बन्ने नेपालको बजार बन्ने कुरामा समस्या हुन्छ भने यो कुरामा गम्भिर भएर सोच्नु पर्छ । हामी अरुको डम्पिङ साइट त होईन हामीले निर्वाध रुपमा वस्तुहरु आउन दिने तर, हाम्रो वस्तु बाहिर जाँदा प्रश्नहरु रहने, समस्याको रुपमा रहने हामीले हाम्रो वस्तु र प्रमाणिकरणको स्तर विस्तार गर्नुपर्छ ।

मन्त्रालयले यसलाई विशेष प्राथमिकतामा राखेको छ । नेपालमा आउने वस्तुमा मात्र सहजीकरण हुने हो र अरु देशका वस्तु मात्र हामीले खरिद गर्नुपर्ने तर हाम्रो सामान किन्ने कुरामा टाउको दुख्ने हो भने त सम्बन्ध यसरी अगाडि बढ्न सक्ला ।’

यस्तै, उनले आजको विश्व व्यापारमा नेपालको पहुँच पुग्न नसकेको भन्दै यस्तो चुनौतीहरु समाधान गर्दै विश्व बजारमा पहुँच पु¥याउनु पर्ने बताए ।

उनले भने, ‘नेपाल भूपरिवेस्ठित देश भएको कारणले र वस्तु आयात, निर्यातको सन्दर्भमा हाम्रो कानूनी प्रणालीको कारणले गर्दा वस्तुहरु अपेक्षाभन्दा बढि महंगो हुन जान्छ ।

यसलाई हाम्रो कुटनीतिक प्रयासबाट, हाम्रो अगाडि रहेका यी चुनौतीहरुलाई सम्बोधन गर्नुपर्ने छ । आजको विश्व व्यापारमा हाम्रो पहुँच पुग्न सकिरहेको छैन् । यसमा रहेको चुनौतीहरु समाधान गर्दै विश्व बजारमा पहुँच पु¥याउनु पर्छ ।

यसको लागि कानूनी प्रणालीमा सुधारको आवश्यकता छ । आजको चुनौतीहरु सम्बोधन गर्ने गरि नीतिगत प्रयासहरु हुनुपर्छ ।’
छिमेकी मुलुकहरुसँग कुटनीतिक पहल कदमीमा सफलता लिनुपर्ने भन्दै त्यसको लागि विभिन्न समयमा भएका सन्धिहरुलाई समयसापेक्षित रुपमा संशोधन, पुनरावलोकन गर्नुपर्ने उनको भनाई छ ।

साथै, उनले सबै वस्तुहरुलाई कार्गो प्रणालीमा ल्याउने गरि क्याबिनेटले हिजो स्वीकृति दिएको भन्दै यो प्रस्तावलाई छिमेकी मुलुकले सकारात्मक तरिकाले लिएको पनि उल्लेख गरेका छन् ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:०७

  काठमाडौं । काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को...