CG Electronics
IME Life
Ncell NPL

आयातलाई व्यवस्थापन गर्न नसक्दा सुनको नियमनमा समस्या : कुमार दाहाल

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले आयातलाई व्यवस्थापन गर्न नसक्दा सुनको नियमनमा समस्या आएको बताएका छन् ।
मंगलबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको राउन्ड टेबल कार्यक्रममा बोल्दै उनले सुनको समस्या न्यूनिकरणका लागि आयातलाई व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘सर्वप्रथम सुनलाई हामीले जबसम्म व्यवस्थापन गर्न सक्दैनौ । तवसम्म यसको समस्या उभोक्ताहरुसँग सधंैभरी भैरहन्छ । जबसम्म आयातलाई व्यवस्थापन गर्न सकिदैन अथवा नियमन गर्न सकिदैन । तस्करी भन्दिन यो शब्दलाई मैले । यो अवसरवाद हो । कुनैपनि टे«डर्स, युवाहरु जहाँ अवसर हुन्छ त्यहाँ कुद्छन् ।’

उनले नेपालमा सुनका उद्योग नभएकोले पनि सुन व्यवसायमा समस्या आएको बताए । ‘हामी काँचो सुन प्रयोग गर्दैनौ । काँचो सुन देवी, देवता, मन्दिरमा काँचो सुन प्रयोग गरे भयो तर उपभोग गर्ने सुन रुपान्तरण गरेर प्रयोग हुन्छ । नेपाल भित्र सुनका उद्योग कति छन् ? छदै छैन । त्यो मर्मत केन्द्र भनेको उद्योग हैन ।

उद्योग विभागमा दर्ता भएर कुनै कच्चा प्रदार्थलाई ३० प्रतिशत भन्दा बढि मूल्य जोडिसकेपछि त्यो उद्योगमा जान्छ र आफ्नो टे«ड अनुसार मूल्य पाउँछ ।’ उनले भने । यस्तै, परम्परादेखि नै नेपाली समाजमा सुनलाई विशेष महत्व दिइँदै आएको छ । फलाम, चाँदी, आल्मुनियमजस्ता धातुहरूभन्दा सुनको मूल्य महँगो हुनुको कारणबारे अर्थविद चन्द्रमणि अधिकारीले रोचक तर्क प्रस्तुत गरेका छन् ।

उनले भने, ‘सुन न सड्ने, न खिया लाग्ने धातु हो । अरू धातुजस्तो बिग्रिने समस्या नहुने हुँदा पनि यसको मूल्य उच्च छ । साथै, सुन शरिरमा सुहाउँदो हुने र दीर्घकालसम्म टिक्ने भएकाले पनि यसको माग बढी हुने गरेको छ ।’

उनले संस्कार, विवाह, पूजापाठदेखि सामाजिक प्रतिष्ठासम्म सुनको प्रयोग हुँदै आएको र महँगो सामग्रीसँग साट्न थालिएपछि यसको महत्व झनै बढेको बताए । यसरी सामाजिक, सांस्कृतिक र भौतिक दृष्टिकोणबाट हेर्दा सुनको महत्व उच्च रहँदै आएको र यही कारणले यसको मूल्य पनि लगातार बढ्दै गएको अधिकारीले बताए ।

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...