CG Electronics
IME Life
NIMB

जगदम्बा मोटर्सद्वारा १४ देखि १९ सिटर व्यावसायिक विद्युतीय सवारीसाधन ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल कम्पनी जगदम्बा मोटर्स प्रा.लि., शंकर समूह अन्तर्गतको एक प्रतिष्ठित कम्पनीले अब व्यावसायिक विद्युतीय सवारी साधन (इभी) को क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गर्दैछ। कम्पनीले Farizon, Chery Wanda र King Long जस्ता चिनियाँ ब्रान्डहरू मार्फत १४ देखि १९ सिटर क्षमताका बहुउपयोगी व्यावसायिक इभीहरु नेपाली बजारमा ल्याएको छ।

नेपालले निजी सवारी साधनमा इभीको अभूतपूर्व वृद्धि देखाएपछि अब व्यावसायिक इभी क्षेत्रमा पनि उल्लेखनीय वृद्धि भइरहेको छ। यही प्रवृत्तिलाई मध्यनजर गर्दै जगदम्बा मोटर्सले सार्वजनिक यातायात, कर्मचारी ढुवानी, तथा पर्यटनजस्ता प्रयोजनका लागि उपयुक्त इभी भ्यानहरु प्रस्तुत गरेको हो।

Farizon – १९ सिटर भ्यान
Farizon, Geely Group अन्तर्गतको ब्रान्ड हो जसले विश्वस्तरीय प्रविधिमा आधारित पूर्ण इलेक्ट्रिक प्लेटफर्ममा आधारित गाडी निर्माण गर्छ। NAIMA एक्स्पोमा प्रस्तुत यो मोडलको विशेषताहरु यस्ता छन्:
• १७०kW इलेक्ट्रिक मोटर – नेपालका कठिन उकालो सडकहरु सहजै पार गर्ने क्षमता।
• ८२.८८ kWh लिथियम ब्याट्री – लामो दूरी यात्रा गर्न सक्षम।
• EU WVTA प्रमाणपत्र – यूरोपियन युनियनको उच्च सुरक्षा र गुणस्तर मापदण्डमा आधारित।
• १९ सिट क्षमताको स्पेसियस भ्यान – पर्यटक तथा अन्तरसहर सेवाका लागि उपयुक्त।
• डिस्क ब्रेक, एयरब्याग, ABS, EBD, 360° क्यामेरा, ADAS, AVAS – उन्नत सुरक्षा विशेषताहरु।
• एसी, हिटर, हीटेड सिट र स्टेरिङ – चालकका लागि आरामदायी अनुभव।
• ब्याट्री वारन्टी: ४ वर्ष वा ७ लाख किलोमिटर
• मोटर वारन्टी: ५ वर्ष वा २ लाख किलोमिटर
• शुरुआती मूल्य: रु. ७६,९०,०००

Chery Wanda – १४ सिटर इभी माइक्रोबस
चिनियाँ ब्रान्ड Chery र Wanda को संयुक्त निर्माण भएको यो माइक्रोबस शहरी आवागमनका लागि किफायती, भरपर्दो र सक्षम सवारी हो।
• CATL ५३.५८kWh ब्याट्री
• NEDC रेंज: ३०० किमी (प्रयोग सर्त अनुसार फरक पर्न सक्छ)*
• ग्राउन्ड क्लेयरन्स: १८० मिमी
• ब्याट्री वारन्टी: ५ वर्ष वा ३ लाख किलोमिटर
• मोटर वारन्टी: ५ वर्ष वा २ लाख किलोमिटर
• शुरुआती मूल्य: रु. ५६.५ लाख मात्र
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष श्री राजु भेतवाल भन्छन्,
“NAIMA Nepal Mobility Expo 2025 मा हामी विभिन्न व्यावसायिक इभी समाधानहरू प्रस्तुत गर्दैछौं। हाम्रा गाडीहरूले इभी पारिस्थितिकी तन्त्रलाई अझ मजबुत बनाउनेछ जुन व्यवसायिक चालकहरूमाथिको दवाव कम गर्ने दिशामा ठुलो कदम हुनेछ।”

NAIMA Nepal Mobility Expo 2025 मा जगदम्बा मोटर्सको स्टल D-16, Hall D मा रहनेछ। कार्यक्रममा सहभागी हुने ग्राहकहरूले बुकिङमा विशेष अफरहरु पनि प्राप्त गर्नेछन्।

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिने

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:५९

  काठमाडौं । चेरीले नेपाली बजारमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय...

रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’स् नेपालमा ल्यान्ड क्रुजरको दबदबा

रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’स् नेपालमा...

वि.सं.२०८३ असार १८ बिहीवार २३:१५

  काठमाडौं। नेपालको प्रिमियम अटोमोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण...

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै...

वि.सं.२०८३ असार १७ बुधवार ०७:४९

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजार तीव्र गतिमा...