CG Electronics
IME Life
NIMB

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीका लागि ग्राण्डि हस्पिटलमा उपचारमा १०% छुट, वेलनेस प्याकेजमा विशेष सहुलियत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई स्वास्थ्य उपचारमा विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले ग्राण्डि हस्पिटलसँग सम्झौता गरेको छ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डि हस्पिटलबीच हालै सम्पन्न भएको सम्झौताअनुसार अबदेखि कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले ग्राण्डि हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

सम्झौताअनुसार बीमितहरूले कम्पनीको मोबाइल एप ‘IME LIFE Mobile App’ मार्फत उपलब्ध प्रिभिलेज कार्ड देखाएर छुट सुविधा लिन सक्नेछन् भने, कम्पनीका अभिकर्ता तथा कर्मचारीहरूले आफ्नो आधिकारिक परिचयपत्र पेश गरी उक्त छुटको लाभ उठाउन सक्नेछन्। यसबाहेक, ग्राण्डि हस्पिटलले आईएमई लाइफ इन्स्योरेन्ससँग आबद्ध व्यक्तिहरूलाई विभिन्न वेलनेस प्याकेजमा पनि विशेष सहुलियत दिने भएको छ।

सम्झौता हस्ताक्षर कार्यक्रमका क्रममा दुवै संस्थाका प्रतिनिधिहरूले स्वास्थ्य सेवा सहज र किफायती बनाउन यो सहकार्य महत्वपूर्ण कदम हुनेमा विश्वास व्यक्त गरेका छन्। यस सुविधासम्बन्धी सम्पर्क विवरण तथा थप जानकारी आईएमई लाइफ इन्स्योरेन्सको आधिकारिक वेबसाइटमा (https://imelifeinsurance.com/press-release/) राखिएको छ।

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२७

  बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर...