CG Electronics
IME Life
NIMB

हुन्डाई क्रेटाको १०औं वार्षिकोत्सवमा तीन विशेष संस्करण लन्च, मूल्य १७ लाख ८८ हजारदेखि २० लाख ९२ हजारसम्म

NIMB
Himalayan Bank

काठमाडौँ । हुन्डाईले नेपालमा आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा लोकप्रिय एसयूभी क्रेटाको तीन नयाँ विशेष संस्करण लन्च गरेको छ । कम्पनीले क्रेटा किङ, किङ लिमिटेड र किङ नाइट नामका संस्करण बजारमा ल्याएको हो ।

क्रेटा किङ संस्करणमा १८ इन्च डायमन्ड–कट अलोय ह्वील, ‘King’ प्रतीक, मेमोरी फंक्सनसहितको इलेक्ट्रिक एड्जस्टेवल ड्राइभर सिट, ८–वे पावर एड्जस्टेवल प्यासेन्जर सिट, इलेक्ट्रिक वाक–इन डिभाइस, कप होल्डर, स्लाइडिङ आर्मरेस्ट र डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता आधुनिक फिचर दिइएका छन् । यसको मूल्य १७ लाख ८८ हजार ५०० देखि २० लाख ६१ हजार १०० भारु तोकिएको छ ।

किङ लिमिटेड संस्करणमा हेडरेस्ट कुशन, कार्पेट म्याट, की कभर, ढोकाको क्ल्याडिङ र सिट बेल्ट कभर थप गरिएको छ । यो संस्करण एबिस ब्ल्याक, एटलस ह्वाइट र ब्ल्याक म्याट कलरमा उपलब्ध हुनेछ । मूल्य १९ लाख ४९ हजार ४०० देखि २० लाख ७७ हजार भारु तोकिएको छ ।

किङ नाइट संस्करणलाई हुन्डाइले पूर्ण कालो बाहिरी डिजाइनमा ल्याएको छ । यसमा पनि क्रेटा किङ जस्तै धेरै सुविधा जस्तै डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, टच प्यानल, ड्यासक्याम र १८ इन्च अलोय ह्वील जस्ता फिचर उपलब्ध छन् । यसको मूल्य १९ लाख ६४ हजार ३०० देखि २० लाख ९२ हजार भारु निर्धारण गरिएको छ ।

यी सबै संस्करणमा हुन्डाईले १.५–लिटर पेट्रोल, १.५–लिटर डिजेल र १.५–लिटर टर्बो–पेट्रोल इन्जिनका विभिन्न गियरबक्स अप्सन उपलब्ध गराएको छ ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...