CG Electronics
IME Life
Ncell NPL

धितोपत्र बोर्डमा लगानीकर्ताको २२ बुँदे माग, ठूलो संकटको सामना गर्नुपर्ने चेतावनी

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोस्रो बजारका लगानीकर्ताको हितलाई ध्यानमा राखि सुधार र विस्तारका कार्यहरु तत्काल अगाडि बढाउने जानकारी दिएको छ ।

लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा आज(आइतबार)बोर्डको कार्यालयमा लगानीकर्ताहरुको २२ बुँदे माग पत्र बुझ्दै धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दोस्रो बजारका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले भने, ‘सुरुदखि नै मेरो धारणा के हो भने दोस्रो बजार पहिलो प्राथमिकता हुनुपर्छ भन्ने नै हो । मेरो पहिलो प्राथमिकता दोस्रो बजार हो । खासगरी साना लगानीकर्ताहरुले जुन भोग्नुपर्ने समस्या छ त्यसलाई बेवास्ता गर्न सक्दिन । कति आधिकारिक कम्पनीहरु, निवेदक कम्पनीहरुको पनि आफ्नो आवश्यकता छ पुँजी सङकलनको लागि र यो नै माध्यम पनि हो । त्यो जरुरी छ । तर यी दुई वटालाई सन्तुलनमा राखेर अगाडि बढ्नुपर्छ भन्नेमा म स्पष्ट छु ।’

अध्यक्ष श्रेष्ठले आफूले सँधै लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै आएको बताए ।‘यहाँहरुसहित समस्त बजार लगानीकर्ताहरु मात्र नभई कम्पनीहरुको भावना बुझेको छु । बोर्डको कुर्सीमा आइसकेपछि मैंले सँधै लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै आएको छु । यहाँहरुले उठाउनुभएको कुरामा आफंैपनि चिन्तित छु,’ उनले भने ।

लगानीकर्ताले सबै सूचीकृत कम्पनीहरुको संस्थापक हिस्सेदारी ५१ प्रतिशत कायम गरिनपर्ने, ब्रोकरमार्फत मार्जिन ट्रेन्डिङ तत्काल शुरुवात गर्नुपर्ने, संस्थापक हिस्सेदारी सम्बन्धि कानूनी व्यवस्था नभएसम्म आइपीयो रोकिनुपर्ने, प्राथमिक र दोस्रो बजारमा संस्थागत लगानीकर्ताका सहभागिता बृद्धि गर्नुपर्ने, सबै आईपीयोमा बुक बिल्डड अनिवार्यरुपमा गर्नुपर्नेलगायतका माग राखेका छन् ।

आइतबार नै आम सर्वसाधारण लगानीकर्ताका तर्फबाट पुँजी बजार जोगाउन २२ बुँदे माग धितोपत्र बोर्डका श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । माग पूरा नभए पुँजी बजारले नसोचेको संकट व्यहोर्ने र ७० लाख बढी लगानीकर्ता, ९३ सेयर दलाल, दर्जनौं मर्चेन्ट बैंकर, सरकार र अन्य सम्बद्ध पक्षहरुले ठूलो क्षति भोग्नुपर्ने लगानीकर्ताको दाबी छ ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...