CG Electronics
IME Life
NIMB

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ : नेपाली संगीतको विश्वयात्रा

NIMB
Himalayan Bank

 

भक्तपुर । साँझको सुनौलो घाम ढल्दै थियो। चाँगुनारायण मन्दिरको पवित्र आँगनमा प्राचीन ढुंगाका मूर्तिहरू, सुन्दर स्तम्भ र पुरानो वास्तुकलाले शान्त परिवेश । एकाएक वातावरणमा धुन गुञ्जियो– मानौँ इतिहास आफैं जाग्यो, संस्कृति पुनः श्वास फेर्न थाल्यो, र आस्थाले अँगालो हाल्यो। त्यो धुन थियो, नेपाली जनमानसमा गहिरो छाप छोडेको कालजयी गीत “हामी उभिएको धरातलमा”।
३१ वर्षअघि जन्मिएको यो गीत अब नयाँ दृष्टिकोणसहित अझैं अद्भुत कला, गला र भिडियो संयोजनमा फेरि फर्किएको छ । तर यो केवल एउटा गीतको पुनर्जागरण मात्र होइन— यो मातृभूमिप्रतिको पुनःप्रतिज्ञा हो, पहिचान र सम्पदाप्रतिको पुनःजोडाइ हो, र नेपाली संगीतलाई विश्व रंगमञ्चमा पु¥याउने एउटा साहसी अभियान हो।

सपनाको मूर्तिकार : सुनिल उप्रेती

यस सांगीतिक यात्राको आत्मा हुन् संगीतकार सुनिल उप्रेती। पुरानो धरोहरलाई आधुनिक रूप दिनुपर्छ भन्ने सपना उनले बगेका थिए। तर त्यो यात्रामा एउटा अडान थियो– गीतको आत्मा, देशप्रेम र सम्पदाप्रतिको श्रद्धा कहिल्यै हराउन नदिनु। “संगीत केवल सुन्ने कुरा होइन,” उनी भन्छन्, “यो पुस्ता–पुस्तालाई जोड्ने धरोहर हो। ५० वर्षपछि पनि नयाँ पुस्ताले यही गीत गाउनेछ, मातृभूमिलाई माया गर्ने प्रेरणा पाउनेछ। यही मेरो सपना हो।”उप्रेतीको यो दृष्टिले गीतलाई केवल पुनर्जन्म दिएको छैन, बरु दीर्घकालीन धरोहर बनाउने बाटो खोलिदिएको छ।

अघिल्लो संस्करण करिब पाँच मिनेट लामो थियो। तर यो पटक, यात्रा अझ गहिरो बनाइएको छ। नयाँ भिडियो करिब आठ मिनेट लामो हुनेछ, जसले पुरानो स्मृतिलाई नयाँ पुस्ताको ऊर्जासँग जोड्नेछ। भिडियोमा चाँगुनारायणको पवित्र आँगन मात्र होइन, सम्पूर्ण देशका गौरवमयी सम्पदा र दृश्यहरूलाई समेटिएको छ। दृश्यसँगै धुन पनि इतिहास, संस्कृति र वर्तमानको भावनात्मक मिलन बन्छ। दर्शकलाई केवल देखाउने मात्र होइन— महसुस गराउने उद्देश्य राखिएको छ।

यो परियोजना कुनै सामान्य काम होइन। यसको पछाडि चारवटा आधुनिक प्रविधियुक्त प्रतिष्ठित स्टुडियो, अत्याधुनिक प्रविधि र दिनरात खटिएका कलाकारहरूको पसिना मिसिएको छ। नेतृत्वमा छन्– सुनिल उप्रेती र भीम तुलाधार। उप्रेतीले सिर्जनात्मक पक्ष सम्हालेका छन् भने तुलाधारले स्वर, संयोजन र टोली समन्वयमा योगदान दिएका छन्। दुवैको सहकार्यले गीतलाई आधुनिकता र कालजयीपनको अद्भुत मिश्रणमा परिणत गरेको छ।

ग्रेटर नेपाल सामाजिक संस्थाको सहकार्यमा, चाँगुनारायण मन्दिरको आँगनमै भिडियोको शुभमुहूर्त गरिएको थियो। त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रतिनिधिसभा सदस्य तथा कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाले लोकतन्त्रपछि आएको परिवर्तनलाई स्मरण गर्दै भने,– “अब सम्पदा, संस्कृति र वातावरणको संरक्षण संगीत, कला र साहित्यको माध्यमबाट सशक्त हुनुपर्छ। यो गीतले त्यही सन्देश बोकेको छ।”

त्यसैगरी चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नगरकोट भ्रमण वर्षसँगै भिडियोले चाँगुनारायणलाई विश्वभर प्रचार गर्ने विश्वास व्यक्त गरे। पूर्वमन्त्री कृष्णलाल भँडेल र पुजारी चक्रधरानन्द राजोपाध्यायले मन्दिरको उत्पत्ति र ऐतिहासिक महत्वबारे विशेष प्रकाश पारे।

भिडियोको निर्देशन सञ्चारकर्मी सुचित्रा श्रेष्ठले गरेकी छन्। शुभमुहूर्त कार्यक्रममा कलाकारहरु : सुनिल उप्रेती, भीम तुलाधर, जेवि विष्ट, सचिन रौनियार, राजकुमार जोशी, रविन महर्जन, प्रवेशमान शाक्य, भुपेन्द्र बज्राचार्य, जेम्स प्रधान, रश्मि भट्ट, प्रसन्ना शाक्य, निशा देसार, डिजे एल.एक्स, लगायतको उपस्थिति रहेको थियो । उनीहरूको सहभागिताले वातावरण केवल औपचारिक मात्र रहेन, बरु एक सांगीतिक उत्सवझैं जीवन्त बन्यो।

निर्माण टिमले भिडियोलाई तिहारसम्म सार्वजनिक गर्ने लक्ष्य राखेको छ। त्यसपछि गीत केवल नेपालको सीमाभित्र मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा पनि गुञ्जिने अपेक्षा गरिएको छ। “यो केवल म्युजिक भिडियो होइन, यो देशप्रेमको सांगीतिक अभियान हो। जहाँ भए पनि, आफ्नै धरातलमा उभिएर विकास गर्न सकिन्छ भन्ने सन्देश हामी यस गीतमार्फत दिन चाहन्छौँ।” संगीतकार उप्रेतीले भने ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...